सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर राख्न अनुरोध

192

काठमाडाैं/उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी गर्ने सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर राख्न अनुरोध गरेको छ। मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै सवारीसाधनकाे अगाडी  सबैले देख्नेगरी ढुवानीकाे साधन लेखेकाे ब्यानर राख्न अपिल गरेकाे हाे।

यस्तै, दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग र संस्थाहरुले प्रयोग गर्ने सवारीसाधनको विवरण जिल्ला प्रमुख अधिकारीलाई जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेकाे छ।’विवरणमा सवारी साधनको नम्बर, ढुवानी किसिमसहित कामदार कर्मचारीहरुको नामा, ठेगाना र मोबाइल नम्बरको विवरण औपचारिक पत्रबाट जानकारी गराउने र आफू दर्ता भएको संस्थको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने,’ सूचनामा भनिएकाे छ।

यस्तै, प्रजिअ र आफ्नो संस्था दर्ता भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्न पनि मन्त्रालयले आग्रह गरेकाे छ। दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारीमा चालक र कामदार कर्मचारीबाहेक अन्य व्यक्ति नराख्न पनि सूचनामा अनुरोध गरिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here