सवारी साधनका पार्ट्स आयातमा ८२ अर्ब रुपैयाँ बढी विदेशिए

336

काठमाडाैं । चालू आर्थिक वर्षको ९ महिनामा सवारी साधन तथा तिनका पार्ट्स आयातमा ८२ अर्ब रुपैयाँ बढी विदेशिएको छ।

यो वर्ष साउनदेखि चैतसम्म नेपालमा पेट्रोल डिजेलका करिब १० हजार प्यासेन्जर भेहिकल भित्रिँदा १४ सय ७३ वटा विद्युतीय गाडी आयात भएका हुन्।

भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार विद्युतीय गाडीमध्ये १०० किलोवाटसम्मका ७३८ वटा गाडी आयात भएका छन् भने १०० देखि २०० सम्मका ७३२ वटा गाडी भित्रिएका छन्।
२०० किलोवाटदेखि ३०० सम्मका १ वटा र ३०० किलोवाट माथिका २ वटा विद्युतीय गाडी आयात भएका छन्।

९ महिनाको अवधिमा पेट्रोल डिजेलका ९ हजार ७०० गाडी भित्रिएका छन्। ९ महिनामा ५५० बस आयात भएका छन्।

२ लाख २५ हजार मोटरसाइकल नेपाल भित्रिएका छन्। ३ हजार ३६१ वटा विद्युतीय दुईपांग्रे भित्रिएका छन्।

यही अवधिमा पेट्रोलियम पदार्थ तथा खनिजजन्य पदार्थमात्रै २ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here