२९७ जना नेपाली स्वदेश फर्किए

62

गत डिसेम्बरमा सोलुखुम्बुबाट बैदेशिक रोजगारीको सिलसिलामा कतार आएकी रन्जिता भुजेल मार्चबाटै काम तथा सेलरी बिहीन बनिन् । उनीसँगै इलामकी दानमाया राई तामाङ, सोलुखुम्बुकै पेमा शेर्पा पीडित बने । नुवाकोटकी मुना लामा ११ महिनाबाट कतारमा कार्यरत रहे पनि मार्च १० बाट नै जागिर तथा खाना बिहीन बनिन् । खोटाङका डिकबहादुर बुढाथोकी ४ बर्ष देखि कतारमा कार्यरत थिए तर किस्मतको रोजीरोटी डढ्यो र जागीर तथा खाना बिहीन बने । सर्लाहीका राजेश सहानी २ बर्षबाट कतारमा रहे पनि मार्चबाटै पीडित बने ।

उनीहरु जागिर तथा खाना बिहिन बनेसँगै नेपाल फर्कन ठूलो समस्या बन्यो । पैसाको रंग कस्तो हुन्छ भन्ने समेत भुलेका उनीहरुको दुःखमा मेनपावरले समेत कोरोनाको कारण देखाउँदै फिर्ती टिकट दिन अस्विकार गरेपछी उनीहरुको दुःख झन पहाड बन्यो । कतारमा कोरोनाका कारण अति नै समस्यामा परेका श्रमिकहरुलाई उद्दार गर्ने हेतुले नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट निःशुल्क उपलब्ध गराउने निति बमोजिम उनीहरुको नेपाल जाने सपना साकार पार्दै दुःखको पहाड चिरिएको हो ।

कतारमा दुःखजिलो गरेर टिकटको जोहो गरेका म्याग्दीकी मिना कुमारी छन्त्याल, झापाकी बिष्णुमाया माझी र उदयपुरकी मिना खत्रीलाई स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिले काठमाडौंबाट घरसम्म पुग्नका लागि सवारी भाडा समेत उपलव्ध गराएको छ । कोरोना कारण अलपत्र परेर नेपाल जान नपाएका पीडित नेपालीहरु दैनिक बढदै गइरहे पनि सरकारले चार्टर उडानका लागि पनि नियमित जहाज पठाउन नसकेको प्रति यात्रुहरु रुष्ट थिए ।

नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नियोगका द्वित्तिय सचिव प्रबीण भट्टराई, एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहमद मुक्तदा लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here