ढाका जुत्ता उत्पादनसम्बन्धी तालिम सम्पन्न

381

काठमाडौं/ यही असोज २ गतेदेखि ललितपुरको नख्खु दोबाटोमा एक सातासम्म सञ्चालन भएको ढाका जुत्ता उत्पादनसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघ तथा मनकामना ढाका कपडा उद्योगको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम एक कार्यक्रमबीच सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल हस्तकला महासंघका कार्यवाहक अध्यक्ष किरण कुमार डंगोलले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बाटोमा अग्रसर हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको आन्तरिक बजार तथा विदेशमा समेत ढाका जुत्ताको उच्च माग रहेको भन्दै उहााले प्रशिक्षार्थीहरुलाई आफूले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गनुभयो । कार्यक्रममा बोल्दै महासंघकी उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले तालिममा सहभागीहरुका लागि आत्मनिर्भर बन्न तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहााले घरको काममा व्यस्त रहने महिलाहरुले समेत आफ्नो समयको उपयोग गर्दै ढाकाका जुत्ता उत्पादन गर्न सक्ने भन्दै यसले उनीहरुको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाउनुभयो । कार्यक्रममा फेसन होम नेपालकी अध्यक्ष हेमा मानन्धर, मनकामना ढाका कपडा उद्योगकी अध्यक्ष राज्यलक्ष्मी शाक्यलगायतले तालिममा सहभागीहरुलाई आफ्ना अनुभव सुनाउादै आत्मनिर्भर बन्न र तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नका लागि उत्साह प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा हस्तकला महासंघ तथा मनकामना ढाका कपडा उद्योगका तर्फबाट तालिममा सहभागीहरुलाई संयुक्त रुपमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here