डा.रामशरण महत, नेता– नेपाली कांग्रेस
के पार्टीभित्र असन्तुष्ट पक्षहरूले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ?
असन्तुष्ट वा सन्तुष्टको कुरा होइन । कसले यस्तो भन्छ, मलाई थाहा छैन । तर म चाहीा असन्तुष्ट वा सन्तुष्टको विवादमा पर्न चाहन्न । मूल कुरा अहिले देशमा गम्भीर समस्याहरू अघिबढेका छन् । यी समस्याहरूको समाधान गर्नुपर्यो भन्ने विषयमा पार्टीभित्र कुरा उठेको हो । मुलुकको समस्याको निकासका लागि केन्द्रीय समितिको बैठक बोलाउनुपर्यो भनिएको हो । त्यही आवाज रामचन्द्र पौडेलजीले पनि उठाउनुभएको होला । अहिले संविधान संशोधन बारेमा पनि कुरा उठिरहेको छ । यो बारेमा पनि पार्टीभित्र छलफल गर्नुपर्छ । त्यसैगरी स्थानीय निकायको वा तहको पुनर्संरचनाका कुराहरू पनि छन् । सरकार सञ्चालनको विधिका कुराहरू छन्, यी बारेमा पार्टीभित्र छलफल गर्नुपर्छ भनेको हो । यो नौलो कुरा होइन ।
तर पनि हिजो तपाईहरूलाई रामचन्द्र पौडेलले सम्पर्क कार्यालयमा बोलाएर छलफल गर्नुभयो रे नि ?
अब म यस्तो आन्तरिक विषयमा कुरा गर्न चाहादिन । छलफल त बारम्बार भैरहन्छन् । छलफल नै नगर्ने अनि सबैको मुख बन्द गरेर त पार्टी चल्दैन नि ! त्यसकारण छलफल हुने कुरा कुनै नौलो कुरा होइन ।
उसो भए संविधान संशोधनमा तपाईहरूको विमति छ ?
कसले भन्यो हाम्रो विमति छ भनेर ? राष्ट्रका गम्भीर विषयमा छलफल त गर्नुपर्यो नि ! विमति भनेको के हो ? छलफल हुनुपर्छ भन्नु नै विमति हो र ?
तर पनि रामचन्द्र पौडेलले संविधान संशोधनबारे संस्थागत रूपमा निर्णय हुनुपर्छ भन्नुभएको छ त ?
उहााले के–के भन्नुभयो त्यसबारेमा मलाई कुनै जानकारी छैन । तर संविधान संशोधनको विषय गम्भीर विषय हो । यसबारेमा पार्टीभित्र एउटा पोजिसन त बनाउनुपर्यो नि !
उसो भए आजको दिनसम्ममा तपाईको पार्टीमा संविधान संशोधन गर्ने वा नगर्ने बारेमा बहस छ हैन ?
संविधान संशोधन गर्ने वा नगर्नेभन्दा पनि आवश्यक पर्यो भने संशोधन गर्नु पनि पर्छ । कसले भनेको छ र यहाा गर्नुपर्दैन भनेर ? मधेसको मुद्दाको जुन कुरा छ । उहााहरू वर्षौदेखि आन्दोलन गर्दै आउनुभएको छ । असन्तुष्ट हुनुहुन्छ । त्यसो भएको हुादा यो बारेमा राष्ट्रिय सहमति जुटाएर समाधान निकाल्नुपर्छ भनिएको हो । आवश्यक पर्यो भने संशोधन पनि गर्नुपर्छ । त्यसको लागि पनि तयार हुनुपर्छ ।
पार्टी सभापतिले अब केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ भन्ने तपाईहरूको माग हो ?
हो नि ! बोलाउनुपर्छ । विधानअनुसार पनि बोलाउनु पर्ने आवश्यककता छ । बैठक बोलाउनुपर्छ भन्नु के अनौठो कुरा हो र ? कार्य समितिको बैठक बोलाउनुपर्छ अनि कतिपय विषयमा संस्थागत निर्णय गर्नुपर्छ भन्ने कुरा बहस र विवादको विषय होइन, हुनुहुादैन । यी कुराहरू भनेको पार्टीका आन्तरिक कुराहरू हुन् । आन्तरिक छलफलको विषय हो । यो कुनै झैझगडा वा असन्तुष्टहरूको कुरा होइन । पार्टीलाई अघि बढाउनका लागि राष्ट्रिय महत्वको विषयमा छलफल गर्नुपर्यो । अहिले नै यहाा सरकार जसरी चलेको छ । प्रधानमन्त्री प्रचण्डजीले जसरी घोषणा गर्नुभएको छ, त्यसमा कतिपय कुराहरू चित्त नबुझेका पनि छन् । त्यसबारेमा पनि पार्टीभित्र छलफल हुनुपर्छ । माओवादी केन्द्र र एमालेभित्र त छलफल भैरहेकै छ । त्यसैले कांग्रेसभित्र पनि छलफल गर्नुपर्छ भन्ने कुरा के अनौठो विषय भयो र ?
तर अहिलेको अवस्थामा कांग्रेसभित्रै यस्तो असन्तुष्टि देखिादा समस्याको समाधान त नहुने भयो नि ?
समस्या समाधान गर्नकै लागि छलफल गर्ने हो । यो कुनै समस्या झन् बल्झाउनका लागि छलफल गर्नुपर्छ भनिएको होइन । समस्या सुल्झाउनका लागि परामर्श जरुरी छ । पार्टीमा आन्तरिक छलफल गर्नुपर्छ भनिएको हो ।
उसो भए अहिलेसम्म पार्टीमा आन्तरिक छलफल भएकै छैन ?
त्यही आन्तरिक छलफल नभएको कारणले नै छलफलको माग गरिएको हो ।
स्थानीय निकाय पुनर्संरचनाबारे तीन दलबीच सहमति भएको हो ?
खै, सहमति भएको कुरा मलाई जानकारी छैन ।
एमाले पनि स्थानीय तहको संख्या बढाउन लचिलो भयो रे नि ?
होला, तर यो बारेमा मलाई कुनै जानकारी छैन ।
एमाले अध्यक्ष केपी ओलीले तपाईकै अगाडि कांग्रेस अघाएर बसेको बाघ भन्नुभएछ, यसबारेमा तपाई के भन्नुहुन्छ ?
मैले हिजै प्रतिक्रिया दिइसकेको छु । कांग्रेस सबल छ भनेको थिएा । ओलीजी ठट्टा गर्नुहुन्छ, अनि मजाक गर्नुहुन्छ । उहााकै पछि–पछि लागेर मैले बोल्ने होइन । उहााले कांग्रेसले विपीलाई बिर्सियो भन्नुभयो, तर मैले त्यही मञ्चबाट कांग्रेसले विपीलाई बिर्सिएको छैन । बरु झन बलियो बनाएको छ । विपीको विचारलाई बलियो बनाएको छ भनेर जवाफ दिएा ।
तर नेपाली कांग्रेसभित्र अहिले प्रतिपक्ष पनि छ नि ?
त्यसै भएर त मैले तपाईलाई को कसको विरोधी, को प्रतिपक्षी भनेर भन्नुभन्दा पनि सकारात्मक रूपमा सोच्नुपर्छ भनेको हो ।
रामचन्द्र पौडेल र शेरबहादुरवीच राम्रो सम्बन्ध छैन नि हैन ?
यो पार्टीमा रामचन्द्र र शेरबहादुरजी मात्रै छैनन् । यो पार्टीमा रामचन्द्र र शेरबहादुरजस्ता नेताहरू धेरै छन् । त्यसकारण रामचन्द्र र शेरबहादुर मात्रै नभन्नुहोस् । पार्टीभित्र समूहको राजनीति मात्रै हुादैन । विवेकको राजनीति पनि हुन्छ ।
– प्रस्तुति ऋषि धमला















