पूर्वयुवराज पारसले मागे माफी

214

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकमाथि दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् ।

सोमबार बेलुका आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न चाहन्छु।’ उनले पूर्वमहारानी कोमल शाहलाई चिकित्सकले क्यान्सरको शंका गरेको पनि उल्लेख गरेका छन्। कोमल बायोप्सी गराउन बैंकक जाँदै थिइन्। उनले लेखका छन्, ‘मेरो आमा बायोप्सीका लागि बैंकक जाँदै हुनुहुन्थ्यो । आमाको स्वास्थ्यका कारण म तनावमा थिएँ। त्यो बेला एक प्रहरीले मेरो छोराको अनुहारमा डन्डा राखेको देखेँ। एक नेपाली हुनु र एक बाबु हुनुको नाताले आफ्नो छोरासँग भइरहेको त्यस्तो व्यवहार देखेर मैले आफूलाई रोक्न सकिनँ।सायद मेरो ठाउँमा अरु कोही भएको भए पनि त्यस्तै गथ्र्यो होला। तर पनि म सम्बन्धित पक्षसँग क्षमायाचना गर्न चाहन्छु र यस विषयमा नेपाली जनताले नै फैसला गर्ने छन्।’

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका थिए। उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here