गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा

86

पोखरा  ।  गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कास्की जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

चार विधामा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकल प्रतिस्पर्धामा २९, पुरुष डबल्सतर्फ ४२ टिमको सहभागिता रहनेछ । यस्तै, महिला एकलतर्फ र डबल्सतर्फ ८-८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अमृत पोख्ररेलले जानकारी दिए ।

प्रतियोगिता बिहान १० बजेदेखि पोखरा रंगशाला अन्तर्राष्ट्रिय कर्भडहलमा हुनेछ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रूपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक पोख्रेलले बताए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार तथा दोस्रो र तेस्रोले समान १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार हासिल गर्नेछन् । यस्तै, महिला एकलतर्फ प्रथम हुनेले १५ हजार तथा दोसो र तेस्रोले समान १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला डबल्सको प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हासिल गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here