विदेश पुर्यााएर बेचबिखनमा संलग्न दुई जना पक्राउ

27

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पुर्यााएर बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बेरोजगार महिलाहहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोचनमा पारी भिजिट भिसामा दुबई लग्ने र त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेद पुर्यामएर बेचबिखनमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दैलेखको नारायण नगरपालिका–९ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भनिने गोपाल सुनार र गोरखाको पालुङटार नगरपालिका–८ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका बस्दै आएका आयुष भनिने आकाशबाबु विक रहेका छन्।

उनीहरुमार्फत् दुबई हुँदै कुवेत पुर्याोइएकी महिलालाई घरेलु काममा लगाउनुका साथै शारिरीक र मानसिक यादना दिइ बन्धक बनाइएको पाइएको थियो।

पीडित महिलाका दाईले जाहेरी दिएपछि कुवेतस्थित नेपाली राजदूतावासमार्फत् महिलाको उद्धार गरी बैशखा २७ गते नेपाल फर्काइएको थियो। पीडित फर्किएपछि उक्त कार्यमा संलग्न पक्राउ गरिएको हो।

घटनाको अनुसन्धानका क्रममा नेपाल सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर अभियुक्तले आफ्नो नाम ढाटी ठूलो संख्यामा महिला पठाउने गरेको पाइएको छ।

महिलालाई संयुक्त ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्याकई घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको छ।

यस्तै पिडितले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु. १ लाख ५० हजार मागेको र बढी गरे त्यही मारीदिने धम्की दिएकोमा पिडितले आफन्तलाई खबर गरेपछि उद्धारको प्रक्रिया थालिएको थियो।

पक्राउ परेकाहरुले दुबई र कुवेतमा सम्पर्क कार्यालयसमेत खोलेर एजेन्ट राखेको र भिजिट भिसामा दुबई पुर्या उने र त्यहाँ गएपछि भिजिट भिसा आफूहरुले डिमाण्ड बनाई विभिन्न प्रलोभनमा पारेर कुवेत पुर्यापउने गरेको पाइएको छ।

यस्तै पक्राउ परेका राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाई २ वटा नागरिकता लिएको भेटिएको पाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here