प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : पौडेल

277

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि ल्याएका अध्यादेश फिर्ता लिने निर्णय गरेपछि पौडेलले यो ओलीको बहादुरी नभएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले लेखेका छन्,”बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्री ज्यु- सांसद अपहरण अर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ?तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्,प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन,अविलम्ब राजिनामा दिनुस्।”

उनले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई अपहरण गरिएको समेत आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीलाई सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ? भनेर प्रश्न पनि सोधेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here