अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

125

अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबीसहित दुई वटा मुद्दा दर्ता भएका छन् । एउटामा सोमबारै बयान सकिएको छ । अर्कोमा मंगलबार बयान र थुनछेक हुने छ,’ विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अन्नपूर्णसँग भने ।

अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।

इलामको माई नगरपालिकाबाट कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले चार करोड रूपैयाँ निजी खातामा राखेको खुलेको छ । अन्नपूर्ण पोस्टबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here