शेयर बजार २०७८ विन्दुमा पुगेर बन्द

37

काठमाडौं। नयाँ गठबन्धनसँगै नेप्से परिसूचक आकासिएको छ । सोमबार एकैदिन ११७.७० अंकले वृद्धि भएको शेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।

माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार शेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले शेयर बजार बढेको हो । सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो ।

यसका साथै २ सय ३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । यसदिन २ सय ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here