पौडेलको दिल्ली भ्रमण

151

हुकुमबहादुर सिंह
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा त्यस पार्टीको सभापतिमा उम्मेदवार बन्ने सपना बोकेर हिाडेका रामचन्द्र पौडेलको दिल्ली भ्रमणको सन्देश स्पष्ट छ । त्यो भनेको उनलाई त्यसका लागि आशिर्वाद प्राप्त गर्नु थियो, जसमा उनी सफल भए कि भएनन् हेर्न अझै केही समय पर्खनुपर्ने छ । घरभित्र अहिले कसका कति सदस्य पर्ने र पार्ने झगडाले चरम विवाद लिएको छ भने घरबाहिर मुख्यत: भारतीय शासकवर्ग जसमा भारतीय कांग्रेस र जनता पार्टी पर्दछन्, तिनको आशिर्वादको प्रमुख भूमिका छ । अहिले दिल्लीमा नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्ने भन्ने बहस चल्न थालेको छ, जसको केन्द्र काठमाडौंको लाजिम्पाट बन्दै छ । नेपालीलाई के थाहा छ भने नेपाली कााग्रेस नेपालमा प्रजातन्त्रको नाममा दिल्लीको आशिर्वादमा भारतमा जन्मिएको, उसैले हुर्काएको र उसैको हितका लागि नेपालमा काम गर्दै आएको राजनीतिक दल हो । जसको मद्दतमा भारतले नेपालका नदीनालाहरू कौडीको भाउमा उसको फाइदाका लागि बेच्ने काम गर्दै आएको छ । नेपालको संविधान कस्तो लेख्नेदेखि नेपालमा कस्तो सरकार बनाउनेसम्मको निर्णयमा दिल्लीले सधैंभरि नेपाली कााग्रेसलाई उपयोग गर्दै आएको छ । पछिल्लो पटक ओली सरकारको गठन प्रक्रियामा लाजिम्पाटले मध्यरातमा खेलेको भूमिकाले नेपाली कााग्रेसका सभापति सुशील कोइरालालाई नेपाली जनताका नजरमा नांगेझार पारेर राखिदियो र उनले दिल्लीको बदनाम प्रतिनिधि रञ्जीत रेको इच्छा पूरा गर्नका लागि नेपाली राजनीतिमा देखिएको सहमतिको वातावरणलाई एकछिनमा ध्वस्त पारिदिने काम गरे । अब अहिले हेर्न बॉकी छ लाजिम्पाटले के गर्ला भनेर । नेपाली कााग्रेसका सभापति सुशील कोइरालाले विगतमा उसले भनेको मानेर गरेको कामको प्रतिफल अब फेरि एक पटक पार्टी सभापति बनाएर गर्नेछ वा उनलाई अब सदाका लागि विदा दिनेछ । रामचन्द्र पौडेलको दिल्ली भ्रमण यही कडीमा गरिएकोले सायद अब दिल्लीले नेपाली कााग्रेसका सभापति सुशील कोइरालालाई राजनीतिबाट संन्यास लिन लगाई रामचन्द्र पौडेल वा शेरबहादुर देउवामध्ये कसलाई त्यो जिम्मेवारीमा लैजान चाहन्छ अझै स्पष्ट खाकाबाहिर आएको छैन । तैपनि एउटा के स्पष्ट छ भने चाहे जो सभापति बनोस् त्यो केवल दिल्लीको आशिर्वाद बेगर सम्भव छैन भन्ने नेपाली कााग्रेसका नेता तथा कार्यकर्ता सबैलाई थाहा छ । लाजिम्पाटले दिने शैक्षिक छात्रवृत्तिलगायत हरेक सहयोगका लागि पहिलो नम्बरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पर्दछन् । त्यसैले लाजिम्पाटको इशाराका लागि प्रतीक्षारत बन्ने गर्दछन् महाधिवेशनमा आउने प्रतिनिधिहरू पनि । अहिले पार्टीमा जुन क्रियाशील सदस्यताको विवाद छ, त्यो केवल कति कसका सदस्य महाधिवेशनमा आउादै छन्, त्यसको हिसाबकिताब हो । यदि यो मिलेन भने, नेपाली कााग्रेसको १३औं महाधिवेशनको मिति अझै पर धकेलिन पनि सक्नेछ ।
रामचन्द्र पौडयालको दिल्ली भ्रमणपछि उनमा देखिएको उत्साहले अलिकति भए पनि उनका नजिकका नेता तथा कार्यकर्तामा हौसला देखिएको छ । तर कोइराला क्याम्पका भनेर विगतमा चिनिएकाहरू अहिले एक्कासी देउवा क्याम्पमा जानथालेको देख्दा कतै दिल्लीको छनोट परिवर्तन भएर देउवातर्फ ढल्केको हो कि भन्ने भान हुन्छ । दिल्ली अझै पनि नेपाली कााग्रेसभित्र कोइराला परिवारका कुनै सदस्यमध्ये कोही नेतृत्वमा अगाडि आओस् भन्ने नै चाहन्छ तर अहिलेका लागि यदि सुशीलबाहेक अरुबाट यो अब असम्भव जस्तै देखिएको छ । तैपनि यदि दिल्ली कसिएर लाग्यो भने यो पनि असम्भव भन्न सकिादैन । किनभने रामचन्द्र पौडेलको दिल्ली भ्रमणले मात्रै सबै फैसला हुन सक्दैन र यसमा लाजिम्पाटको अन्तिम फैसलालाई पर्खेर बस्नु आवश्यक छ । किनभने नेपाली कााग्रेसको १३औं महाधिवेशनमा सहभागी बहुमत प्रतिनिधिहरूको लगनगॉठो त केवल लाजिम्पाटसित जोडिएको छ । लाजिम्पाटको स्वार्थ दिल्ली र दिल्लीको चाहना नेपालको भावी प्रधानमन्त्रीसित र सरकारसित जोडिएको छ । नेपालको भावी प्रधानमन्त्रीको नेतृत्वमा बन्ने सरकार दिल्लीका लागि सजिलो सहयोगी भूमिका खेल्ने हो । यसैमा रामचन्द्र पौडेलको दिल्ली भ्रमण जोडिएको छ । यस अर्थमा नेपाल र नेपालीका लागि सुशील, देउवा वा रामचन्द्र पौडेल जो भए पनि खासै फरक पर्ने छैन तर पनि रामचन्द्र पौडेलभन्दा देउवा तुलनात्मक रूपमा अलिकम लाजिम्पाट भक्त देखिन्छन् । के अहिले लाजिम्पाट देउवाको पक्षमा लाग्ला ? रामचन्द्र पौडेलको दिल्ली भ्रमणले यसलाई रोक्न कतिसम्म सफल भएको छ, त्यसैमा नेपाली कााग्रेसको १३औं महाधिवेशनको नेतृत्व निर्भर रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here