प्रहरी जवान आधारभूत तालिम सम्पन्न

201

काठमाडौं – महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालित ३-२ समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै सर्बोत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक यादवले विधिको शासन, मानव अधिकारको संरक्षण र आधारभूत मूल्य मान्यताको सम्मान गर्दै शान्ति तथा अमनचयन कायम गर्न स्वच्छ एवं जनमुखी प्रहरी सेवा प्रदान गर्ने कार्यमा अग्रसर हुन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । प्रचलित ऐन कानूनको परिधिभित्र रहेर जनईच्छा अनुरुप प्रहरी सेवा प्रदान गर्न सकेमा मात्र प्रहरीको छवि उच्च एवं मर्यादित रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  तालिम अवधिमा प्राप्त गरेको पेशागत ज्ञान, सीप, दक्षता र कलाकौशललाई अनुशासित, सभ्य एवं मर्यादित ढंगले प्रयोग गर्दै उच्च मनोवलका साथ कार्यक्षेत्रमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी शिक्षालय महाराजगंजका समादेशक प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले प्रशिक्षार्थीहरुलाई शब्दोच्चारणबाट शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै २०७६ साउन २० गतेदेखि संचालित उक्त तालिममा कुल ६९ जना प्रशिक्षार्थीहरु दिक्षित भएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here