माओवादी धारका तीन अखिल संयुक्त आन्दोलनमा

162

काठमाडौं/ पछिल्लो समय मुलुकमा बढिरहेको कालोबजारी नियन्त्रणका लागि माओवादी धारका तीन विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । तीनवटै अखिल क्रान्तिकारीहरूले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी संयुक्त रूपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । क्रान्तिकारीहरूले पहिलो चरणको कार्यक्रमअन्तर्गत पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने तथा दबाब दिने जनाएको छ । त्यस्तै आयल आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, आयल निगममा प्रदर्शनसहित धर्ना दिने, सार्वजनिक यातायातको भाडा घटाउन तथा ४५ प्रतिशत कायम गर्न संघर्ष गर्नेलगायतका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । माघ २२ गते भौतिक योजना तथा यातायातमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा जिल्लास्तरमा कार्यक्रम गर्ने, २४ गते देशभरका क्याम्पसअगाडि एक घण्टा संयुक्त कोणसभा गर्ने लगायतका कार्यक्रम रहेको क्रान्तिकारीले जनाएको छ । त्यस्तै क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा राजनैतिक भर्तीलाई स्वत: स्थायी गर्ने गरी भएको विज्ञापनको खारेज गर्न माग गर्ने र त्यसका लागि त्रिविका उपकुलपति र सेवा आयोगका अध्यक्षलाई विरोधपत्र दिने, त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थीहरूको स्ववियु निर्वाचन गराउन दबाब दिने लगायतका कार्यक्रम राखिएको जनाएको छ । क्रान्तिकारी विद्यार्थी संगठनहरूले काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक निर्माण गर्ने जिम्मा धमिलो छवि भएको भारतीय कम्पनीलाई दिने निर्णय रद्द गर्न विज्ञहरूसहितको अन्तक्र्रिया कार्यक्रम समेत सञ्चालन गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here