राष्ट्रिय स्वाधीनता खतरा उन्मुख

181

विखण्डनकारीहरूको भारतमा छुट्टाछुट्टै भेला

 
काठमाडौं/ भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण मुलुकको अवस्था कमजोर भइरहेका बेला नेपालभित्रकै राजनीतिक दल तथा व्यक्तिहरू योजनाबद्ध रूपमै विखण्डनकारी गतिविधिमा संलग्न भइरहेको पाइएको छ । नेपाललाई कमजोर बनाउने, विखण्डन गराउने र भारतको समर्थनमा नेपालको आन्तरिक मामिलामा दखल दिने केही प्रसंगका बारेमा यहाा उल्लेख गरिएको छ ।

 
प्रसंग १ : संविधान निर्माणपश्चात् तराईले अधिकार नपाएको भन्दै मधेसवादी दलका नेताहरूले भारतलाई गुहारे । उनीहरूले मुलुकको आन्तरिक अवस्थालाई कमजोर हुनेगरी नाकाबन्दी गरिदिन भारतसाग आग्रह गरे । नेपालको संविधानमा आफ्नो चासो नसमेटिएपछि क्रुद्ध बनेको भारतले नाकाबन्दी लगायो । पााच महिनादेखि निरन्तर चलिरहेको नाकाबन्दीका कारण अत्यावश्यक वस्तुको अभावका कारण सर्वसाधारण नागरिकको जीवन अस्तव्यस्त बनिरहेको छ ।

 
प्रसंग २ : भारतीय नाकाबन्दीका कारण जनताहरूमा भारतविरोधी गतिविधि बढ्यो । भारतीय व्यवहारको चौतर्फी आलोचना तथा विरोध भयो । केपी ओलीको नेतृत्वमा नयाा सरकार गठन भयो । जनताहरू अभाव सहन तयार हुादै सरकारको समर्थनमा देखिए । तर नेपालको अहित हुने किसिमका सम्झौता नगर्न खबरदारी गरिरहे । लामो नाकाबन्दीबाट पनि नेपाललाई गलाउन नसकेपछि भारतले मधेसी नेताहरूलाई बोलायो र संविधान संशोधनमार्फत आफ्नो चासो सम्बोधन गर्ने आवाज उठाउन मधेसी नेताहरूमार्फत आफ्नो एजेण्डा पठायो । मधेसी दलहरूले संविधान संशोधनको माग उठाएपछि सरकारले संविधान संशोधन पनि गर्‍यो तर योजनाबद्ध रूपमा विखण्डनकारी गतिविधि गरिरहेका मधेसी दलहरूलाई चित्त बुझ्ने कुरै थिएन र उनीहरूले संविधान संशोधनलाई पनि स्वीकार गरेनन् ।

 
प्रसंग ३ : सर्वाेच्चबाट विखण्डनकारी गतिविधि नगरेको भन्दै सफाइ पाएका सिके राउतले भारत भ्रमण गरे । भारत सरकारले उनको स्वागत गर्‍यो । राउतले भारत भ्रमणका बेला भारतका चर्चित पत्रिका हिन्दुस्तान टाइम्समा अन्तर्वार्ता दिए । अन्तर्वार्तामा उनले निर्धक्क आफू स्वतन्त्र मधेसको पक्षमा रहेको कुरा प्रष्ट रूपमा राखे । उनले तराईमा पनि निर्धक्कका साथ विखण्डनकारी गतिविधि सञ्चालन गरिरहेका छन् । तराई आन्दोलित भएको मौका उठाउादै उनले त्यहााका युवाहरूलाई सैन्य तालिम दिइरहेका तस्बिर तथा समाचारहरू पटक–पटक बाहिर आएका छन् । उनी दोषी हुन् वा निर्दाेष अदालतले नै जानोस् ।

 
प्रसंग ४ : भर्खरै माओवादीबाट छुट्टिएर नयाा शक्तिको अभियानमा लागेका डा. बाबुराम भट्टराईले नवलपरासीको कावासोतीमा एक कार्यक्रममा बोल्दै भारतीय नाकाबन्दीलाई देखाउादै भारतको विरोध गर्दा नेपालकै अहित हुने अभिव्यक्ति दिए । भारतको निकट मानिने भट्टराईले भारतविरोधी गतिविधि गर्न नहुने भनी दिएको अभिव्यक्ति रहस्यको घेरामा रह्यो ।

 
प्रसंग ५ : संविधान संशोधनपश्चात् पनि सन्तुष्ट बन्न नसकेका मधेसवादी दलका नेताहरू, उपेन्द्र यादव, राजेन्द्र महतो तथा महेन्द्रराय यादव तराई आन्दोलनलाई समर्थन जुटाउन भन्दै विहार पुगे । विहारमा उनीहरूलाई लालुप्रसाद यादवले अगाडि राखेर प्रशिक्षण दिइरहेको तस्बिर स्वयं संलग्न नेताहरूले नै सार्वजनिक गरे । पछि विहारका नेताहरू लालुप्रसाद यादव र मुख्यमन्त्री नीतिश कुमारले मधेसमा हिंसा मच्चाउन सहयोगको वचन दिएको समाचार सार्वजनिक भयो । नेपालको स्वाधीनता कसरी कमजोर भइरहेको छ र त्यसमा नेपालीहरू नै कसरी प्रयोग भइरहेका छन् भन्ने बुझ्न माथिका केही प्रसंगहरू पर्याप्त छन् ।

 
संविधान निर्माणपछि मुलुकमा उत्पन्न समस्याको फाइदा उठाउादै मुलुक विखण्डन बनाउने गुटहरू एकपछि अर्काे गर्दै सक्रिय हुनुले मुलुकको स्वाधीनता खतरा उन्मुख भएका संकेतहरू प्रष्ट देखिन थालेका छन् । मुलुकको आन्तरिक मामिलामा छिमेकी मुलुक भारतका शासकसाग गएर बिन्ती बिसाउने मधेसी दलका नेताहरूका निन्दनीय गतिविधि, तराई विखण्डन गराउनुपर्छ भन्दै देशद्रोही गतिविधि गर्ने सिके राउतले खुल्लमखुल्ला मुलुक टुक्र्याउने गतिविधि गर्नु र मूलधारको राजनीति गर्नेदेखि पूर्व–प्रधानमन्त्रीहरूले समेत मुलुकको अहित हुने किसिमका अभिव्यक्ति एउटै समयमा दिनुले पनि नेपाललाई नियोजित र योजनाबद्ध रूपमै कमजोर र विखण्डन गराउन खोजेको प्रष्टै देख्न सकिन्छ । त्यसमाथि नेपालको सार्वभौमिकता कमजोर हुने गतिविधि गर्ने गुट तथा समूहलाई भारतबाट स्वागत तथा प्रोत्साहन मिल्नुले मुलुकको स्वाधीनता तथा सार्वभौमिकतामाथि गम्भीर षड्यन्त्र भइरहेका घटनाहरू कतै लुक्न सकिरहेका छैनन् । हालै मात्र सिके राउतको प्रसंगमा नेपाल विखण्डन गराउन खोज्नेलाई किन स्वागत गरेको भन्दै भारतीय पत्रकारहरूले भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरूपलाई प्रश्न गरे पनि उनले उक्त प्रश्नको जवाफ नै नदिई विषयान्तर गरेका थिए । उनले उक्त प्रश्नको प्रष्ट जवाफ नदिई विषयान्तर गर्नुले पनि भारत नेपाललाई योजनाबद्ध रूपमा विखण्डन गर्ने योजना बनाइरहेको छ र त्यसको गोटी नेपालकै राजनीतिक दल तथा विभिन्न व्यक्तिहरूलाई बनाइरहेको प्रष्ट रूपमा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here