भ्रष्टाचार देश विकासको मुख्य बाधक : लिङ्देन

156

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको बताएका छन्।

उनले राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताकासाथ उठाउने बताएका छन्।

शुक्रबार ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको र यो महारोगको रुपमा देखिएको बताएका छन्।

‘कांग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग हुन्। ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण छ’, उनले भने।

लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरे। लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here