मोफसलबाट चम्किरहेकी एउटा महिला उद्यमी

283

एउटी स्कुले केटी जसले हातबाट बनाइने सामान अर्थात् हस्तकलासम्बन्धी निकै राम्रा सामग्री बनाएको भन्दै माध्यमिक तहको स्कुल पढ्दैदेखि उत्कृष्ट पुरस्कारहरु हात पार्थिन् । सानैदेखि हस्तकलाका सामग्रीपति आकर्षित हुादै आएकी उनको कला देखेर शिक्षकहरु गर्व गर्थे र उनको निकै प्रशंसा गर्थे । सानैदेखिको हस्तकलाप्रतिको लगाव र शिक्षकको प्रेरणाले उनले आफ्नो भविष्य नै यसै व्यवसायमा बनाउने सपना देखिन् । अन्तत: उनी प्राकृतिक सुन्दरताको केन्द्र मानिने पोखराबाट सफल हस्तकला व्यवसायीका रुपमा उदाइरहेकी छिन् । स्कुलमा उत्कृष्ट हस्तकलाका सामग्री बनाएर शिक्षक र साथीहरुलाई चकित पार्ने उनै केटी हाल मोफसलबाट उदाउादी महिला उद्यमी हिरा भट्टराईका नामले चर्चित छिन् ।
सानैदेखि व्यवसायतर्फ आकर्षित भट्टराई वि.सं. २०४३ सालमा विवाहबन्धनमा बााधिएपछि औपचारिक रुपमै व्यवसायमा लागिन् । सुरुमा श्रीमान् मदन भट्टराईसाग मिलेर रासन पसल सञ्चालन गरेकी भट्टराईले पसलबाट केही समय निकालेर पोखरास्थित औद्योगिक क्षेत्रमा पुगेर हस्तकलासम्बन्धी तालिम लिने गर्थिन् । विवाहपश्चात् छोराछोरी जन्मिएपछि केही समय उनीहरुको रेखदेखमा लागेकी उनमा हस्तकला व्यवसायप्रतिको आकर्षण घटेको थिएन । उनको तीव्र इच्छाशक्तिका कारण अन्तत: उनले २०६३ सालबाट औपचारिक रुपमै हस्तकला व्यवसायमा लाग्ने निर्णय गरिन् । सुरुमा पााच सय रुपैयााबाट विवाह सजावटका सामग्रीहरु बनाउन सुरु गरेकी उनले २०६६ सालमा बैंकहरुबाट ऋण लिएर पद्मावती हस्तकला उद्योगको औपचारिक सुरुवात गरी हस्तकला व्यवसायमा लागिन् । सामान्य रुपमा सुरु भएको उद्योगमा हाल चार सयभन्दा बढी महिलाहरुले रोजगारी पाइरहेका छन् । पहिले पााच सय रुपैयााबाट सुरु भएको उनको व्यवसायले अहिले लाखाौको कारोबार गर्न थालेको छ ।

 
महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने लक्ष्यसहित व्यवसायमा लागेकी भट्टराई पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । झण्डै १० वर्ष संघको महिला उद्यमीको संयोजकको रुपम समेत रहेकी उनी कास्की पोखरा हस्तकला संघको संस्थापक अध्यक्ष, नेपाल हस्तकला महासंघको कार्यसमिति सदस्य तथा सञ्चार उद्यमी समेत हुन् । उनी पोखरामा महिलाहरुले सञ्चालन गरेको रेडियो जननीकी संस्थापक अध्यक्ष हुन् । आर्थिक समृद्धिका लागि उद्यमशीलता पहिलो आधार हो भन्ने मान्यता राख्ने भट्टराईले आफूले सञ्चालन गरेको पद्मावती उद्योगमा उत्पादन हुने सामग्रीहरुको प्रवद्र्धन गर्दै पर्यटकहरुलाई आकर्षित गर्न पोखरा कोशेली घर समेत सञ्चालनमा ल्याएकी छिन् । यत्तिमात्र होइन, उनले महिलाहरुलाई रोजगार बनाउनका लागि मैनबत्ती उद्योग तथा अन्य उद्योगहरु समेत सञ्चालन गरिरहेकी छिन् । मकैको खोस्टा, जलकुम्भी, पिपलको पात लगायतबाट हस्तकलासम्बन्धी सामग्रीहरु उत्पादन गर्ने उनको उद्योगले हाल विभिन्न २५ किसिमका सामग्रीहरु उत्पादन गर्दै आएको छ । हाल सफलतातर्फ लम्किरहेको उनको व्यावसायिक जीवनमा चुनौतीहरु पनि नआएका होइनन् । उनले हस्तकला उद्योग सञ्चालन गर्दा कच्चा पदार्थको संकलनका क्रममा अवरोध सिर्जना गर्ने, कामदारलाई भड्काउनेदेखि महिलाले उद्योग सञ्चालन गर्न नसक्ने भन्दै उनलाई हतोत्साहित गराउनेसम्मका कामहरु भएका थिए । तर ती सबै चुनौतीलाई सामना गर्दै अघि बढेको र परिवारको पनि यथेष्ट सहयोग मिलेकाले व्यवसायमा सफलता हासिल गरिरहेको भट्टराई जनाउाछिन् । भट्टराई इच्छाशक्ति र दृढ संकल्पसहित अघि बढेमा महिलाहरु पनि हरेक क्षेत्रमा अघि बढ्नसक्ने जनाउाछिन् । इच्छाशक्तिसागै कडा परिश्रम गरेमा कहिल्यै पछि फर्किनु नपर्ने उनको भनाइ छ । विभिन्न व्यावसायिक संस्थाहरुसाग समेत आबद्ध रहेकी उनले महिलाहरुलाई उद्यमशीलतामा लगाउन सीपमूलक तालिम दिनेदेखि व्यवसायमा लगाउने काम गर्दै आएकी छिन् ।

 

मोफसलबाट हस्तकलाको प्रवद्र्धन र विकास गर्ने लक्ष्य बोकेकी उनको भविष्यका लागि निकै महत्वपूर्ण योजना समेत छ । उनी निकट भविष्यमा सुविधासम्पन्न वृद्धाश्रम बनाएर दु:ख पाइरहेका वृद्धवृद्धाहरुको सेवा गर्न चाहन्छिन् । उनले आफूलाई संसार देखाउने आमाबाबुको अपमान गर्नेहरुलाई आमाबाबुहरुलाई सम्मान गर्न सिकाउनका लागि पनि वृद्धाश्रम सञ्चालन गरेर उनीहरुको सेवा गर्ने इच्छा रहेको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here