भारतका पूर्वप्रधानमन्त्री सिंहद्वारा मोदीको नेपाल नीतिको आलोचना

122

काठमाडौं/ नेपालमा नयाा संविधान निर्माणपश्चात् भारतले नाकाबन्दी लगाउनेदेखि अनावश्यक चासो र चलखेल बढाइरहेका बेला भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय कांग्रेस आईका वरिष्ठ नेता मनमोहन सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको चर्काे आलोचना गरेका छन् ।

 
सिंहले भारतीय पत्रिका ‘इन्डिया टुडे’लाई दिएको एक अन्तर्वार्तामा मोदीको विदेश नीतिका कारण छिमेकी मुलुकहरूसागको सम्बन्ध बिग्रिएको भन्दै आलोचना गरेका छन् । पत्रकारले मोदीको विदेश नीतिका बारेमा सोधेको प्रश्नको जवाफ दिादै सिंहले मोदीको विदेश नीतिका कारण पाकिस्तानसागको सम्बन्ध एक कदम अघि र दुई कदम पछाडि धकेलिएको भन्दै नेपालसागको सम्बन्ध पनि खराब स्थितिबाट गुज्रिएको जनाएका छन् । सिंहले मोदी सरकारको गलत नीतिकै कारण संविधान निर्माणको अन्तिम अवस्थामा हस्तक्षेपमा उत्रिएको र अनावश्यक रूपमा नेपालमा नाकाबन्दी लगाएको जनाएका छन् । उनले नयाा संविधानमा अधिकांश मधेशी नेताहरूले हस्ताक्षर समेत गरेको भन्दै संविधान जारी हुनुभन्दा दुई दिन पहिले विदेश सचिवलाई कडा सन्देश दिएर पठाउनु गलत भएको जनाएका छन् । उनले नेपाल भारतको असल छिमेकी भए पनि सम्बन्ध बिग्रिएको जनाएका छन् । उनले नेपालका सामान्य जनतामाझ पनि भारत नेपालको असल छिमेकी हो भन्ने वातावरण बनाउन मोदी सरकार चुकेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here