काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य आफूले दिएको बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिनुभयो । उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नुभयो ।
‘‘मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलवासी लाखौँ नेवारहरू लालपुर्जा विहीन छन् ।
मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
नेवा: राष्ट्रिय समितिको उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष ओम कृष्ण श्रेष्ठले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको प्रमुख अतिथी पुर्व मन्त्री तथा पार्टीको बरिस्ठ नेता राजेन्द्र प्रसाद श्रेष्ठ , बिशेष अतिथी पार्टीको बिज्ञ परिषद संयोजक पुष्पराज राजकर्णिकार र अतिथी नेवा: राष्ट्रिय समिति ईन्चार्ज पञ्चलाल महर्जन ।
कार्यक्रम उद्घोषण समितिका मुख्यसचिव गणेश आचार्यले गरेका थिए ।


















