‘मेरो हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु : शाही

38

काठमाडौं । राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गरिदिने बताएका छन्।

संसद बैठकमा मंगलबार बोल्दै उनले संघ र प्रदेशका सांसदलाई पनि रकम जम्मा गर्न आग्रह गरे।

खेलाडीहरू पलायन हुँदै गएको भन्दै त्यसलाई रोक्नका लागि केही पहल गर्नै पर्ने आवश्यकता रहेको उनले बताए।

‘मेरो हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु।’उनले भने,‘सबै प्रदेश संघीय संसदहरूलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रूपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here