ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

138

काठमाडौं  । ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ । बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका वडा नं १, देउराली बजार तथा वडा नं ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका वडा नं.४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं ६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here