प्राधिकरणका काफ्ले अख्तियारमा तानिंदै

134

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थाहा भएको छ । समुन्द्रटार–त्रिशूली ३ बी १३२ केभी प्रसारण लाइनको कम्पनी छनौटमा अनियमतिता गरेको भन्दै उनीविरुद्ध विद्युत् प्राधिकरणकै कर्मचारीले अख्तियारमा उजुरी दिएका छन् ।
उक्त प्रसारण लाइन एडीबी र युरोपियन इन्भेष्टमेन्ट बैंकको लगानीमा निर्माण हुन लागेको हो । प्रसारण लाइन निर्माणका लागि योग्य कम्पनीहरूलाई पाखा लगाउादै कार्यकारी निर्देशक काफ्लेले आफ्नै साथीको कम्पनी (मुडवरी एण्ड जोशी जेभी)लाई जिम्मा दिएपछि अख्तियारमा उजुरी परेको हो । यसअघि पनि पटक–पटक विद्युत् प्राधिकरणका विभिन्न कामको ठेक्का लिएर समयमा काम पूरा गर्न नसकी करोडौाको घाटा पुर्‍याएको मुडवरीलाई ठेक्का दिन लागेको उजुरीमा उल्लेख गरिएको छ ।

 
गतवर्ष मार्च १५ मा आह्वान गरिएको टेण्डरमा ५ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । डबल इन्भलप प्रणालीको ठेक्का प्रक्रियामा मूल्यांकन समितिले प्राविधिक प्रस्तावको मूल्यांकन गरी चीनको ‘ईटर्न सिसिईई चाईना जेभी’ र स्पेनको ‘कोब्रा’ कम्पनीलाई प्रसारण लाइन निर्माणका लागि योग्य ठहर्‍याइएको थियो । तर काफ्लेले योग्यताप्राप्त कम्पनीको सूचीमा मुडवरी एण्ड जोशी जेभीलाई राख्न दबाब दिएका थिए । जब कि उक्त कम्पनी ठेक्काको प्राविधिक मूल्यांकनको क्रममा फालिएको थियो । यस क्रममा ठूलो आर्थिक चलखेल भएको आशंकामा अख्तियारमा उजुरी परेको हो । कर्मचारीहरूले यस सम्बन्धमा लगानीकर्ता युरोपियन इन्भेष्टमेण्ट बैंकमा पनि उजुरी गरिसकेको जनाएका छन् ।
स्रोतका अनुसार मुडवरीलाई राख्न कााग्रेस नेतृ सुजाताले सिफारिस गरेकी हुन् । सुजाता कोइरालाले उक्त कम्पनीलाई राख्न सिफारिस गरेको र काफ्लेको आफ्नै साथी पनि भएकोले मुडवरीलाई जसरी पनि ठेक्का दिनुपर्ने उनीहरूले योजना बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here