काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।
समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको जनाइएकाे छ ।
डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्ट अहिलेसम्म पुरानै ओमिक्रोन भेरियन्ट पत्ता लगाएको छ । तर, भारतमा पनि नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको भन्दै अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको उनले जनाए ।
उनका अनुसार नोभेम्बरमा रिपोर्ट गरिएका पोजिटिभ केसका जिन सिक्वेन्सिङको रिपोर्ट भोलि (बिहीबार) आउनेछ ।

















