नेपाल–चीन सम्बन्धका दूरगामी परिणामहरू अब छिट्टै देखिने छन्

211

 डा. महेश मास्के, चीनका लागि नेपाली राजदूत
चीनसाग भएको दश बुादे सम्झौताले नेपाललाई कसरी फाइदा गर्छ ?
जुन देशबाट सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ यसले एउटा ऐतिहासिक सुरुवात गरेको छ । यातायात तथा पारवहनको कुरा जुन हामीले लामो समयदेखि उठाउादै आएका थियौं, त्यो सुविधा प्राप्त भएको छ । त्यसका दूरगामी परिणामहरू प्राप्त हुने छ भन्ने मलाई लाग्दछ । बााकी रहेका कुरा चाहीं विभिन्न किसिमका प्रोजेक्टहरू छन् जुन अगाडिदेखिनै सहयोगका लागि कामहरू बढेको थियो र प्रधानमन्त्री केपी शर्माओलीको यो भ्रमणमा आएर ती टुङ्गिएका छन् । ती विषयमा धेरै सञ्चारमाध्यमहरूमा आइनैसकेको छ । म त्यसको डिटेलमा जान चाहन्न ।
अरु सहयोग त गर्‍यो तर चीनले नेपाललाई इन्धन दिन किन तयार भएन ?
इन्धन सम्झौताको कुरा कस्तो हो भने हामीले चीनसाग इन्धनको ब्यापार गर्ने विषयमा नेपाललाई आवश्यक एकतिहाइ ल्याउने भन्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरेका छौ तर त्यसपछि जब हामी इन्धन खरिद प्रक्रियाका लागि अघि बढ्यौ त्यसका चुनौती र अप्ठ्याराहरू हाम्रा अगाडि खुल्दै गए । त्यसका लागि हामीले लगातार प्रयत्नहरू गरिनै रह्यौ । ती अप्ठ्याराहरू के रहे भने एउटा ट्याक्सको कुरा थियो, ट्याक्स कम नगरी त्यसको मूल्य कम नहुने, दोस्रो ढुवानीको कुरा थियो । ढुवानी मूल्य पनि कम गर्न सक्नु पर्‍यो । अर्को ढुवानीको चुनौती पनि थियो । बाटोबाट ल्याउादा कति मात्रामा ल्याउन सक्छौ त भन्ने कुराहरू थिए । यी सबै कुराहरू किन भइरहेको भन्दा यदि हामीले ब्यापारिक रूपमा चीनसाग इन्धन खरिद गर्ने हो भने त्यसको मूल्य भारतबाट खरिद गरेको बराबर हुनु पर्‍यो । नत्र भने त्यो ब्यापारिक रूपले धेरै अगाडि जान सक्दैन । नेपाल र चीनलाई सबैभन्दा अप्ठ्यारो परेको विषय यो नै हो ।
त्यसो भए चीनसाग इन्धन सम्झौता नहुने नै भएको हो त ?
होइन, हामीले लगातार यो प्रयत्न गरिरहेको हुनाले यो अगाडि बढीरहेको छ । अब ज्वाइन्ट स्टेटमेन्ट आउादैछ त्यसमा यस विषयमा प्रतिबद्धता ब्यक्त हुनेछ । अनि त्यो ज्वाइन्ट स्टेटमेन्टले गरेको प्रतिबद्धतालाई मूर्तरूप दिनका लागि थप छलफलको प्रक्रिया सुरु हुन्छ । केही चिनियाा टोलीहरू नेपाल आउाछन् र त्यहाा छलफल हुन्छ । यसलाई कसरी कम्पिटेटिभ प्राइसमा ल्याउने भन्ने नै मूल कुरा हो । त्यसमा चीनले पनि आफ्नो नीतिहरू परिवर्तन गर्नु पर्ने छ नेपाललाई सहयोग गर्नका लागि । नेपालले पनि आफ्नो नीतिहरू परिवर्तन गर्नु पर्ने छ चीनसाग ब्यापार गर्नका लागि ।
नेपालमा जसरी प्रधानमन्त्रीको भ्रमणअघि इन्धन सम्झौता हुन्छ भन्ने चर्चा थियो त्यो त ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तो भयो नि ?
त्यस्तो देखिएको होला तर त्यस्तै हो जस्तो मलाई लाग्दैन । दुई पक्षीय भ्रमणहरूको सिलसिला सुरु हुने छ । नेपालबाट पनि एउटा उच्चस्तरीय भ्रमण हुने सम्भावना छ । त्यसमा अहिलेका धेरै कुराहरू टुङ्गो लाग्छन् । मेरो भनाईमा विश्वास राख्नुस्, इन्धन सम्झौता हुन्छ ।
कहिलेसम्म इन्धन सम्झौता होला त ?
दुई महिनामा होला कि ६ महिनामा होला म भन्न सक्दिन तर जुन किसिमले विषयहरू विकास भएर गएका छन, जुन किसिमको प्रतिबद्धता छ त्यो अनुसार चीन र नेपालले आफ्नो नीतिहरू परिवर्तन गरेर भए पनि यो सम्झौता गर्छन् ।
त्यसो भए अब नेपालले चीनसाग इन्धन सम्झौता गर्छ ?
गर्छ । त्यसको समय कहिले हुने भन्ने कुरा चाहीं हेर्दै जाऔं । बाहिर आएजस्तो फलानाले भनेर वा कुनै पनि देशको दवावमा आएर, नेपाली पक्षले त्यो कुरा दह्रो ढंगले उठाएन र चीन बाट इन्धन आएन भन्ने कुरा सत्य होइनन् ।
भारतको दवावको कारणले तपाईहरूले इन्धन सम्झौता नगरेको कुरा बाहिर आएको छ नि ?
बाहिर जे आएको छ, त्यो कुरा सत्य होइन । प्रधानमन्त्रीको भ्रमणको क्रममा पनि भ्रमण टोलीले त्यो कुरा बडो शसक्त ढंगले टेबल गरेको छ । त्यसको परिणाम चााही केही महिनाभित्रमा देखिन्छ जस्तो लाग्छ । जे अप्ठ्याराहरू छन् त्यो नेपाली जनताले, बिजनेश कम्यूनिटीले र सरकारले खोज्नु पर्‍यो । भारतले हामीलाई जुन मूल्यमा पेट्रोल दिईरहेको छ, जुन क्वालिटीको त्यही मूल्यमा चीनबाट कसरी ल्याउने भन्ने नै चुनौति हो । त्यसकोलागि दुई देश कटिबद्ध छन ।
नेपालको संविधानलाई चीनले स्वागत र समर्थन गरेको हो ?
एकदमै हो, त्यसमा त के विवाद छ र । सुरु देखिनै नेपालले संविधान जारी गरेदेखिनै चीनले आफ्नो प्रष्ट अभिमत राख्दै आएको छ । अहिलेसम्म पनि त्यो समर्थन उहााहरूले प्रष्ट रूपमा देखाउादै आउनु भएको छ । नेपालभित्र भएको समस्याहरू जुन संविधान जारी भएपछि देखा परेको छ त्यो समाधान गर्न पनि नेपाल सक्षम छ भन्ने भनाई छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका कुरालाई चाहीं चीनले कसरी हेरेको छ ?
नेपालको आन्तरिक समस्याहरू संवादमार्फत् हल गर्नुपर्छ र यसरी संवादमार्फत् हल गर्ने विषयमा नेपालले पहिला पनि उदाहरणहरू प्रस्तुत गरेको छ । द्वन्दका कुराहरू पनि बाहिरी मध्यस्थता विना पनि समाधान गरेर हिडेको नेपालले अहिलेको मधेसी मुद्दाहरूलाई पनि संवादद्वारा समाधान गर्न सक्छ भन्ने चीनको विश्वास छ ।
नेपालसम्म चिनियाा रेल चाहीं कहिले आउाला ?
रेलको कुरा पनि यसपटक एकदमै सशक्तताको साथ उठेको छ । त्योधेरै अघि बढेको छ । अब दुई वटै देशहरू रेलबाट चीन र नेपाललाई जोड्ने गरी अगाडि बढ्यौं र त्यसलाई जोड्ने मात्रै होइन काठमाडौंसम्मै ल्याउने र पोखरा लुम्बिनीसम्म पुर्‍याउने कुरा प्रष्ट रूपमा आएको छ ।
ज्वाइन्ट स्टेटमेन्टमा बााकी सबै कुराहरू आउाछन् ?
हो, आउाछन् । त्यो आएपछि के हुन्छ भने ज्वाइन्ट स्टेटमेन्टमा आएका कुरालाई मूर्तरूप दिनका लागि हाम्रो अभ्यास सुरु हुन्छ । र त्यो अर्को हस्ताक्षरका लागि जान्छ । चीनको एउटा उच्चस्तरीय नेतृत्व नेपालमा आउनु हुन्छ त्यसमा धेरै कुरा हस्ताक्षर हुन्छ । अहिले हस्ताक्षर भए जस्तै त्यो बेला के–केमा हस्ताक्षर हुन्छ हेरौंला ।
चिनियाा राष्ट्रपति र प्रधानमन्त्री नेपाल आउने सम्भावना छ ?
एकदमै सम्भावना छ ।
कहिलेसम्म आउनु होला ?
चिनियाा राष्ट्रपति वा प्रधानमन्त्री अब केही समयभित्रमै अथवा यो वर्षभित्रमै आउने सम्भावना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भयो भन्न मिल्छ ?
हो, एकदमै सफल भएको छ । अहिले पनि धेरै कार्यक्रमहरू बााकी छन् । ज्वाइन्ट स्टेटमेन्टहरू आउन बााकी छ । ज्वाइन्ट स्टेटमेन्ट हेरिसकेपछि उहााको भ्रमणको सफलताको मूल्याङन तपाईहरूले गर्न उचित हुन्छ । मैले जति थाहा पाएको छु, जति ठाउा सहभागी भएको छु, म चाहीं यसलाई ऐतिहासिक भन्छु । किनभने ट्रान्जिटजस्तो महत्वपूर्ण विषयले यो भ्रमणमा मूर्तरूप लिएको छ ।
भारतसाग सम्बन्ध सुमधुर बनाउन चीनको सुझाव पनि आएको हो ?
चीनले त्यो सुझाव सधैं दिंदै आएको छ । नेपालले पनि सधैंभरि प्रयत्न गर्दै आएको छ । चीन र भारत जस्ता विश्वका ठूला आर्थिक शक्तिहरूबीचको सम्बन्धको घनिष्ठता जसरी अघि बढिरहेको छ । आर्थिक कारोवारहरू बढिरहेको छ । त्यसलाई पनि एउटा त्रिपक्षीय सहयोगको रूपमा विकास गर्नका लागि नेपालको ठूलो भूमिका हुन्छ भनेर चीनले बुझेको छ र त्यस अनुसारको अभिव्यक्ति पनि दिएको छ ।

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here