चीनमा हावाको व्यापार

212

सित्तैमा पाइने हावाको पनि खरिदबिक्री हुन्छ भन्दा जोकोहीलाई पनि आश्चर्य लाग्छ नै । तर चीनमा भने हावाको खरिदबिक्री हुन थालेको छ, त्यो पनि राजधानी बेइजिङमा नै । चीनको चर्चित हाइकिङ गन्तव्यमा अहिले हावाको पोकाहरू बिक्रीमा राखिएको छ । प्लास्टिकमा हावा भरेर मानिसहरूलाई बेचिन्छ । मानिसहरू पनि यसरी हावा किन्न पाउादा दंग छन् । कसैले प्लास्टिकमा भरिएको हावा बोकेर घर लैजान्छन् भने कसैले तत्कालै प्लास्टिक फोरेर सास लिन्छन् ।

गुआङडोङग प्रान्तमा मानिसहरू प्रदूषणबाट छुटकारा पाउनका लागि स्वच्छ हावा खान पुगेका हुन्छन् । त्यहाा हिमालको हावा भनेर यसरी प्लास्टिकको पोकामा हावा बेचिन्छ । अहिले हावाको बजार बढ्दो छ । प्रदूषणको चपेटामा रहेका चीनमा मानिसहरू आफ्नो फोक्सो सफा राख्न माथि पहाडमा पुग्ने गर्छन् । यसरी घुम्न जानेहरूले हावा किन्दै गरेको तस्बिर आजकल सामाजिक सञ्जालमा राखेर अरुलाई आश्चर्यमा पार्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here