प्रधानमन्त्री ओलीका सपना !

204

राज्यलक्ष्मी शाक्य

 

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय प्रशंसा र आलोचनाका कारण चर्चामा छन् । पछिल्लो पटक उनले निकै मार्मिक अभिव्यक्ति सार्वजनिक गरेका छन् । आफ्नो जीवनलाई नै नाफाको जीवन भन्न भ्याएका छन् ओलीले । यो गम्भीर अभिव्यक्तिभित्र नि:स्वार्थ भाव लुकेको छ भन्ने स्पष्ट हुन्छ । नि:स्वार्थ भावनाभित्र कुनै लालच हुादैन । उनले भनेका छन्, ‘देशलाई शिरमा राखेर भन्छु, मैले सधैं भन्ने गरेको पनि छु– यो मेरो नाफाको बााकी जिन्दगी देशका लागि खर्चिनेछु । केही गर्न सकिना भने पनि आाटका साथ बााच्छु, सानका साथ मर्छु । कसैले मलाई मार्छ भने पनि टाङमुनि छिर्ने छैन, हाम्रो देशको विकास हामीले नै गर्ने हो ।’ उनी अहिले विकसित नेपालको सपना देख्दै छन्, जुन नेपाली जनताले कहिले पनि कल्पनासम्म गरेका थिएनन् । जसले सपना नै देख्दैन, त्यसले सफलता हासिल गर्न सक्दैन ।  प्रधानमन्त्री ओली आज जनतालाई सपना देख्न सिकाउादै छन् । आत्मनिर्भरताका बाटाहरु विकसित गर्दै छन् । स्वाभिमान र स्वाधीनताका लागि कसैसागै नझुक्ने प्रण गर्दै छन् । व्यापारमा विविधीकरण गरेर नेपालको एकतर्फी परनिर्भरता र व्यापारघाटा घटाउन प्रयास गर्दै छन् । सायद व्यक्तिगत स्वार्थलाई मात्र प्राथमिकता दिएको भए ओली सरकारबाट यस्तो प्रतिबद्धताहरु प्रकट हुादैन थिए होलान् । यसबाट पनि प्रधानमन्त्री ओलीको नि:स्वार्थ राष्ट्रभक्ति झल्किन्छ ।

 

लामो समयदेखि राजनीतिक संक्रमणकालको भोगाइका कारण नेपाली जनताले विकासका ठूला कुराहरुको सपना देख्न छोडेका थिए । आर्थिक समृद्धि, सुखसुविधा, भौतिक सम्पन्नता त एकादेशका कथा भइसकेका थिए । यस्तो हुनुको कारण थियो नेपालमा सत्तामा पुग्ने जोकोही शासकले पनि जनताको समस्याभन्दा पनि व्यक्तिगत र पार्टीगत पक्षलाई बढी ध्यान दिए । जसको कारण जनताका लागि सत्तामा पुग्ने जोकोही पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने जस्तो भएका थिए । नेपालीहरुले विकास र समृद्धिका लागि भन्दै झण्डै सात दशकदेखि विभिन्न किसिमका आन्दोलन तथा दबाबहरु सिर्जना गर्दै आइरहेका छन् । यो अवधिमा जनताले कैयाौ आफ्ना प्रतिनिधिहरुलाई मुलुकको विकासका लागि चाबी हस्तान्तरण समेत गरिसकेका छन् । तर आजसम्म आइपुग्दा जनतासाग गरिएका प्रतिबद्धताअनुसार काम गर्ने हिम्मत कसैले गर्न सकेनन् । त्यसमा ओली अपवाद बन्दै मुलुकको विकासका लागि प्रयास गर्दा उनलाई उखान टुक्केको आरोप लगाइादै आएको छ । यदि ओलीले मुलुकको विकासका लागि केही नयाा गर्न खोज्छन् भने हामीले उनलाई किन सहयोग नगर्ने ? उनले सार्वजनिक गरेका विषयको कार्यान्वयनमा दबाब दिनुको सट्टा हामी किन आलोचनामा समय खर्चिने ?  यसले मुलुकको विकासका बाधक भनेका राजनीतिक दलहरुमात्र नभएर जनता पनि हुन् कि भन्ने महसुस भइरहेको छ ।

 

अहिले मुलुकलाई प्रधानमन्त्री ओलीको निरन्तरता नै आवश्यक छ । उनले देखेका सपनाहरु पूरा गर्न सबैले तदारुकता देखाउन जरुरी छ । तर अहिले सत्ता परिवर्तनका खेलमा विभिन्न तत्वहरुले चलखेल सुरु गरेका छन् । ओलीलाई पदको लालचमा लागेको आरोप लगाइादै छ । जब कि उनले भनेका छन्, ‘दलहरुबीच धोका पूर्ण होइन, पारस्परिक विश्वासका आधारमा सम्बन्ध विकास गर्दै जानुपर्छ । दलहरु दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर चल्नुपर्छ । म जन्मादा प्रधानमन्त्री भएर जन्मेको होइन । देश र जनताको सेवा गर्दै यहाा आएको हुा । मलाई कमाउनु छैन । कसैको लागि कमाइदिनु पनि छैन, भ्रष्टाचार पनि गर्नुछैन । देश बनाउने समय पाएको छु । जति दिन प्रधानमन्त्री हुन्छु २४सै घण्टा देश विकासमा लाग्छु ।’

 

मुलुक निर्माण र समृद्धिका लागि कसै न कसैले सपना देख्नैपर्छ । जुन अहिले प्रधानमन्त्री ओलीले देखिरहेका छन् । उनले सार्वजनिक गरेका योजना असम्भव पनि देखिादैनन् । बरु ती सपना पूरा हुन नदिन हामीहरु नै यो वा त्यो तहबाट सक्रिय भइरहेको हाम्रा गतिविधिले नै देखाइरहेको छ । यदि हामी सााच्चीकै मुलुको समृद्धि र विकासका पक्षमा छौा भने आलोचना होइन, महत्वपूर्ण योजना कार्यान्वयनमा दबाब सिर्जना गराौ । सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयन नभएमा आलोचना र विरोधका लागि हामीसाग जति पनि समय छ ।  त्यसैले बाादर प्रवृत्तिलाई त्यागेर दबाब सिर्जनातर्फ लागाौ । साथै सरकारले पनि सस्ता र लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गर्ने मात्र होइन, त्यसका लागि योजनाबद्ध ढंगले कार्यान्वयनको पाटोलाई पनि अघि बढाउने र आलोचना गर्नेहरुलाई सम्भव बनाएर देखाउन आवश्यक छ । अन्यथा महत्वाकांक्षी योजना घोषणा गर्ने र त्यसलाई उडाउनेहरुको भीडमा नेपाल पहिलेकै अवस्थामा रहिरहने र लामो समयदेखिको नेपाली जनताको विकास र समृद्धिको सपना अधूरै रहने सम्भावना बढेर जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here