उपनिर्वाचन जारी

64
dtbfg ub}{ dtbftf bdf}nL, !) j}zfv M tgx'F–! k|ltlglw;ef ;b:o lgjf{rgsf nflu cfOtaf/ Jof;–@ l:yt ;TojtL dflj dtbfg s]G›df dtbfg ub}{ dtbftf . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

काठमाडौं ।  तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन जारी छ। बिहान ७ बजेबाट सुरु भएको मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि मतदाताहरु उत्साहित रुपमा मतदानस्थलमा पुग्ने क्रम जारी छ।

चितवन–२ मा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन्। ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने सहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

तनहुँ– १ मा एक सय ५२  मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान जारी रहेको उनले जानकारी दिए। मतदान साँझ ५ बजेसम्म रहनेछ।

उपनिर्वाचनका लागि कांग्रेसबाट  भट्टराई, एमालेबाट  खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा  वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन्।। उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता  छन्।

यस्तै बारा–२ मा पनि मतदान जारी छ। बारा–२ का सबै मतदान केन्द्रमा छिटफुट बाहेक सबै मतदान केद्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।  बारा  २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई  गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ।

सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। ती मध्ये ६५  मतदानस्थल अतिसंवेदनशील, १७  सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here