कराते संघको दोस्रो साधारण सभा समन्न

40

काठमाडाैं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको दोस्रो साधारण सभा तथा निर्वाचन समन्न भएको छ।

भाद्र ३० गते शनिबार भएकाे  समारोहमा प्रमुख अतिथि नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष शालिकराम कुँवर,  संघका संस्थापक अध्यक्ष सुरेन्द्र डंगोल तथा राष्ट्रिय खेलकुद परिषदका कानून शाखा प्रमुख नारायण राज अर्यालको आतिथ्यमा सम्पन्न सधारणसभा तथा निर्वाचनबाट २१ सदसिय नवनियुक्त पदाधिकारीहरु चयन भएको छ।

१) अध्यक्ष – श्याम महर्जन २) उपाध्यक्ष – सुवर्ण राज श्रेष्ठ ३) उपाध्यक्ष – काजि रत्न महर्जन ४) उपाध्यक्ष – ज्ञानेन्द्र महर्जन ५) उपाध्यक्ष – विष्णु श्रेष्ठ ६) उपाध्यक्ष – उसन बज्राचार्य ७) महासचिब – विकाश महर्जन ८) सचिव – अनिल सुवेदी ९) कोषाध्यक्ष – कृष्ण सुवेदी १०) सदस्य – नारायण अधिकारी ११) सदस्य – विश्व महर्जन १२) सदस्य – सुदर्शन खतिवडा १३) सदस्य – मोहन खड्का १४) सदस्य – नम्रता लामा १५) सदस्य – प्रबिन्द्र अवाले १६) सदस्य – अनिल राई १७) सदस्य – राजिव महर्जन १८) सदस्य – रुपेश जोशी १९) सदस्य – सुरज बज्राचार्य २०) सदस्य – बिजय महर्जन २१) सदस्य – विक्रम सिंह निर्वाचित भएकाे छ ।

कार्यक्रममा विगत लामो समय देखि राजनीतिक दलका प्रभावले यस खेलकुद क्षेत्रमा थुप्रौ समस्या, विकृति, व्यथिति बढेको र खेलाडीहरुको भविष्य अनिश्चिता र हतोत्साहित बनिरहेकोले सबै संघ र खेलकुद प्रेमि यस विरुद्ध एकजुट भई यस खेलकुद विकासमा लाग्नु पर्ने आवाज उठेको थियो। यस नेपाल बालकुमारी क्योकुशिन कराते संघले गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष पनि चौथो मेयर कप राष्ट्रिय फुलकन्ट्याक कराते प्रतियोगिता गर्न प्रतिबद्व रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here