कनकमणिलाई अर्को झड्का !

186

काठमाडौं/ अख्तियार दूरूपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गरिरहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई राजस्व विभागले पनि निगरानीमा राखेको छ । विभागले दीक्षितलाई पत्र लेखेर उनको नाममा विदेशी बैंकमा रहेको डलरको विवरणबारे जानकारी मागेको छ ।

 
विभागले दीक्षितले विदेशी मुद्रा अपचलन गरेको आरोप लगाउादै यसबारे जवाफ माग गरेको छ । केही समयअघि अख्तियारले दीक्षितको देशैभर रहेको सम्पत्ति रोक्का गर्न निर्देशन दिएको थियो । अख्तियारको अनुसन्धानअनुसार स्वेदशमा भन्दा विदेशी बैंकहरूमा धेरैवटा खाता खोलेका दिक्षितको नाममा रहेको अमेरिकाको चेस बैंकका दुईओटा खातामा १७ हजार दुई सय अमेरिकी डलर रहेको छ । त्यस्तै, बेलायतको एच.एस.बी. सी. बैंकमा कनकमणि र शान्ता दीक्षितको नाममा रहेका दुईओटा खातामा २७ हजार ६ सय ३८ पाण्ड स्ट्रलिङ मौज्दात छ भने श्रीमती शान्ताको नाममा रहेको बेलायतको एच.एस. बि.सी बैंकमा करिब २९ हजार अमेरिकी डलर र उनकै नाममा रहेको अमेरिकीको एपल बैंकमा चार हजार १२६ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here