कुनै मन्दिरको मूर्तिबाट चिसो हावा आयो भन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर भारतको उडिसास्थित टिटलागढमा एउटा चमत्कारी शिव मन्दिर रहेको छ, जुन टिटलागढ भन्ने ठाउा धेरै गर्मी हुने ठाउाका रूपमा चिनिन्छ । यहााको चट्टानी पहाडमा तापक्रम बढेर ५५ डिग्रीसम्म पुग्दछ तर सोही पहाडि क्षेत्रमा एउटा यस्तो मन्दिर छ जहाा भने निकै चिसो हुन्छ । उक्त मन्दिरमा छिरेपछि कुनै एसी चलाएजस्तै चिसो महसुस हुन्छ । तर त्यहाा कुनै एसी वा कुलर छैनन् । उक्त मन्दिरभित्र रहेका शिव पार्वतीका मूर्तिहरूबाट चिसो हावा बहने र सोही कारण मन्दिरभित्रको वातावरण निकै चिसो बनिरहने विश्वास गरिन्छ ।


















