नायिका करिश्माले सिड्नीमा तारिफ बटुलिन

172

आफ्नो सुन्दरताप्रतिको सजकताका कारण चर्चित नायिका करिश्मा मानन्धर पछिल्लो केही समययता राजनीतिक गतिविधिमा संलग्न भएपछि उनको तारिफसागै आलोचना गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । हालै सार्वजनिक भएको नयाा शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा कार्यक्रम सञ्चालन गर्दा त्रुटि गरेको भन्दै व्यापक आलोचना खेपेकी मानन्धरले अहिले भने अष्ट्रेलियाको सिड्नीमा तारिफ बटुलिरहेकी छिन् । झण्डै ८ सयभन्दा माथिको हाराहारीमा दर्शकहरू उपस्थित भएको एक कार्यक्रममा करिश्माको तारिफ गरिएको थियो । उनको उपस्थितिमा भएको तीजसम्बन्धी कार्यक्रममा उनको निनै चर्चा परिचर्चा भएको आयोजकले जनाएको छ । ‘करिश्माको पहिलो अष्ट्रेलिया आगमन र युवापुस्ताकी चर्चित गायिका मेलिना राईको गायनले कार्यक्रमको उत्साह बढाएको आयोजकले जनाएको छ ।

 
सिनेमाको पर्दामा मात्र देखिएकी अभिनेत्री आफ्नै अगाडि आउादा आफूहरू निकै खुसी भएको नारी निकुन्ज अष्ट्रेलियाकी सृजना संग्रौलाले जनाइन् । अभिनेत्री करिश्माले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने गायिका मेलिना राईले आफ्ना चर्चित गीतहरू गाएर सिड्नीवासी नेपालीहरूलाई मनोरन्जन प्रदान गरेकी थिइन् ।
नायिका करिश्मा मानन्धरले सिड्नीवासी नेपालीहरूको साथ र मायाले सााच्चै मनमा ऊर्जा थपिएको जनाएकी थिइन् । आफूले गाएका गीतहरूबाट सिड्नीवासी नेपालीहरूले मनोरन्जन लिएकोमा गायिका राई पनि मख्ख परिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here