भारतीय राजदूतको रहस्यमय सक्रियता !

196

काठमाडौं/ नेपालको राजनीतिमा सक्रियता देखाउने भारतीय राजदूत रञ्जित राय पछिल्लो समय विकास योजनाका नाममा नेपालका विकट जिल्लाहरूमा भारतीय प्रभाव विस्तारको अभियानमा लागेका छन् । विकास निर्माणका कार्यमा प्रत्यक्ष सहभागिता जनाउादा आफ्नो प्रभाव वृद्धि गर्न सकिने कुरा बुझेको भारतले राजदूतमार्फत विकासका योजना बााड्ने बहानामा नेपाली जनतामाझ आफ्नो प्रभाव विस्तार गर्न यस्तो प्रयास गरिरहेको छ ।
नेपालको नयाा संविधानमा आफ्नो भूमिका खोज्दै नेपालमा नाकाबन्दीको हदसम्म उत्रिएको भारतप्रति पछिल्लो समय नेपालीहरूले हेर्ने दृष्टिकोण राम्रो छैन । त्यो धारणालाई चिर्न भन्दै राजदूत राय नेपालका विभिन्न स्थानमा पुगिरहेका छन् । कुटनीतिक व्यक्तिको रूपमा उनले नेपालका विभिन्न क्षेत्रमा भ्रमण गर्दा जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्ने हुन्छ, तर राजदुत रायले भने आफ्नो भ्रमणमा नेपाली अधिकारीले जस्तै गरी भ्रमण गर्ने र विकासको प्रलोभन देखाउादै स्थानीयहरूलाई प्रभावमा पार्ने गरिरहेका छन् । हालैमात्र राजदूत रायले मकवानपुरमा भ्रमण गरेका थिए । प्रशासनलाई कुनै जानकारी नदिई मकवानपुर पुगेका उनले स्थानीयहरूबीच विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालालेखि नेपालमा भारतले प्रत्यक्ष रूपमा आफूखुशी वार्षिक अर्बाौ लगानी गर्न पाउने सम्झौता गरेको थियो । त्यसयता आफ्नै प्रत्यक्ष संलग्नतामा विभिन्न विकासका कामहरू भारतले गर्दै आएको छ । स्थानीय स्तरमा भारतप्रतिको प्रभाव कायम गर्ने उद्देश्यले गरिएको उक्त सम्झौता अनुसार हाल नेपालमा रहेका आफ्ना कूटनीतिज्ञको माध्यमबाट भारतले स्थानीय स्तरमा आफ्नो उपस्थिति देखाउादै र जनस्तरमा प्रभाव जमाउादै आएको छ । यो गतिविधिले नेपालको राष्ट्रिय स्वाधीनताका निम्ति दीर्घकालीन रूपमा नोक्सानी पुर्‍याउने विश्लेषण विश्लेषकहरूको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here