काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१ बखुण्डोलस्थित गणेश थापा मगरको हटपट चाइनिज रेष्टुरेन्टको किचेनमा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा ग्याँस सिलिण्डर, ग्यास स्टप, चिम्नी, कुर्सी, स्टिलको भाँडावर्तन लगायतका सरसामान जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बारा, निजगढ नगरपालिका-८ असिबिघास्थित राम खत्रीको उखु बारीमा बुधबार दिउँसो आगलागी हुँदा एक बिघामा लगाएको उखुबाली जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बारा, देवताल गाउँपालिका-२ गमहरिया टोल बस्ने ७० वर्षीय महेश पटेलको गोठमा भैसीलाई मच्छर धपाउनको लागि बालेको घुर सल्किएर बुधबार साँझ आगलागी हुँदा गोठ र नगद ६५ हजार रूपैयाँ समेत करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


















