आजदेखि तीन दिने सिरुवा पर्व सुरु

430

झापा / आदिवासी समुदायले नयाँ वर्षको अवसरमा मनाउने तीन दिने सिरुवा पर्व आजदेखि मनाउन थालिएको छ ।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरुमा राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउने गर्छन्।

सिरुवा पर्वको सुरु दिन पानी सिरुवा मनाउन आदिवासी बहुल स्थानमा आदिवासी समुदायका मानिसहरु भेला हुन थालेका छन्। एक अर्कालाई पानी छ्याप्दै यो पर्वको पहिलो दिन मनाउने गरिन्छ ।

भोलि अर्थात सिरुवाको दोस्रो दिन कादो (हिलो) सिरुवा मनाउने चलन छ। उक्त दिन उनीहरुले शरीरमा हिलो एक आपसमा दलेर कादो सिरुवा मनाउने गर्छन्।

तेस्रो दिन रंग सिरुवा मनाउने चलन छ। उक्त दिन आदिवासी समुदायका मानिसहरु विभिन्न रंगले रंगिने गर्छन्।

सिरुवा मनाउँदा आदिवासी समुदायमा प्रचलित खानेकुरा ‘गाजीमुरी’ खाने चलन छ। पर्वका अवसरमा कुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने प्रचलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here