रूखमा टाउको ठोक्किएर बसमा सवार विद्यार्थीको मृत्यु

34

काठमाडौं ।  काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका विद्यार्थी काठमाडौं सामाखुसी बस्ने १३ वर्षीय आयुष्मान दाहालको रूखमा टाउको ठोक्किएर बुधबार दिउँसो मृत्यु भएको छ ।

बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा गाडिको सिटबाट टाउको झ्याल बाहिर निकाल्दा रूखमा ठोक्किएर गम्भीर घाइते घएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक
अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here