भारतले किन यस्तो भन्दै छ प्रचण्डलाई ?

177

काठमाडौं/ संविधान निर्माणको बेला खेलेको महत्वपूर्ण भूमिका तथा भारतीय नाकाबन्दीपश्चात लिएको अडानका कारण विगतको छविमा केही सुधार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय आफ्नै कारणले विस्तारै अलोकप्रिय बन्दै गइरहेको चर्चाले व्यापकता पाएको छ । राष्ट्रवादी छवि बनाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउन प्रयास गरेको भन्दै केही समय पहिलेदेखि नै प्रचण्डविरुद्ध सामाजिक सञ्जालसमेत आक्रोश व्यक्त गरेका अभिव्यक्तिहरू आइरहेका छन् । प्रचण्डको लोकप्रियता घट्दै गएकोमा हालै सरकारबाट समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयपछि उनको चौतर्फी आलोचना तथा विरोध झन् बढेर गएको छ । यो स्थितिले आगामी स्थानीय चुनाव र राज्य तथा आम चुनावसमेतलाई माओवादी केन्द्रका विरुद्ध असर गर्ने अनुमान गर्न सकिन्छ ।
माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि उक्त निर्णयलाई कतिपयले विदेशीको इशारामा राष्ट्रवादी सरकार ढाल्न लागिपरेको आरोप लगाउादै आएका छन् । यस्ता आरोपहरूका बीच अध्यक्ष प्रचण्डले केही यस्ता संकेत दिनु भएको छ, जसले उहाा आफ्नै विवेकले भन्दा पनि अरु कसैको स्वार्थका लागि परिचालित भएको अनुमान गर्न कठिन छैन । खासगरी सरकार परिवर्तनका लागि दक्षिणी छिमेकी भारतले चलखेल गरिरहेको र त्यसका सारथी प्रचण्ड भइरहेको आरोपका बीच हालै मात्र ‘प्रचण्ड’ले आफ्नो पक्षमा भारतीय समर्थन जुटाउन पार्टीका केन्द्रीय नेता मातृका यादवलाई दिल्ली पठाएको समाचार सार्वजनिक भएको छ । भारतीय पत्रिका ‘द हिन्दू’ले स्रोतको हवाला दिादै मातृका यादव प्रचण्डको दूतको रूपमा दिल्ली गएको जनाएको छ । जुलाई १५ देखि १७ तारेखसम्म भारत भ्रमण गरेका यादवले त्यहाा भारतीय उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसाग भेट गरेको ‘हिन्दू’ले दावी गरेको छ । भ्रमणका क्रममा यादवले भारतीय कांग्रेसका नेता करण सिंह, जनता दल (युनाइटेड)का नेता शरद यादव तथा राष्ट्रिय कांग्रेस पार्टीका नेता देवीप्रसाद त्रिपाठीसाग भेट गरेको र भेटमा यादवले प्रचण्डका बारेमा दिल्लीमा रहेको गलत धारणालाई स्पष्ट पारेको समाचारमा जनाइएको छ । दिल्लीमा प्रचण्ड चीनसाग निकट रहेको भन्ने धारणा रहेको भन्दै त्यसलाई स्पष्ट पार्न र आफ्नो पक्षमा प्रभाव बनाउन प्रचण्डले यादवलाई दिल्ली पठाएको उक्त पत्रिकाको दावी छ ।
नेपालमा सूक्ष्म व्यवस्थापनको प्रयास गरिरहेको आरोप लाग्दै आएको भारत नेपालमा संविधान जारी भएपश्चात् नयाा सरकारसागको टकरावका कारण प्रभावकारी उपस्थिति जनाउन सकिरहेको छैन । यसलाई कतिपयले नेपाल भारतीय प्रभावबाट स्वतन्त्र हुन खोजेको रूपमा पनि विश्लेषण गर्दै आएका थिए र छन् पनि । तर, माओवादी अध्यक्ष प्रचण्डले त्यसको विपरीत नेपालको राजनीतिमा भारतलाई सहभागी गराउन खोजेको उहााको पछिल्लो कदमले पुष्टि गरेको छ । जसले गर्दा नेपालले लामो समयको प्रयासपछि नेपालको आन्तरिक मामिलामा भारतलाई बाहिर राख्न खोजेको प्रयास पुन: असफल हुन लागेको राजनीतिक विश्लेषकहरूको तर्क छ । त्यसो त पछिल्लो समय नेपाल मामिलाका भारतीय नेताहरू तथा उच्च अधिकारीहरूले समेत प्रचण्ड पहिलेजस्तो भारतविरोधी नभएकाले उनको नेतृत्वमा सरकार निर्माण गर्दा भारतलाई फाइदै हुने तर्क गर्दै आएका छन् । त्यसमाथि उनी आफैले पनि आफूलाई चीनसाग निकट भएको ट्याग हटाउन आग्रह गर्दै भारतीय भूमिका खोजेपछि प्रचण्डको भूमिका विवादास्पद देखिएको छ ।
अध्यक्ष प्रचण्डले विगतमा चालेका कतिपय कदमहरूको आफैले समेत आत्मालोचना गर्दै आएका छन् । उनले विगतमा आफूले चालेका कदम प्रत्युत्पादक भएको भन्दै त्यसले आफ्नो व्यक्तिगत तथा राजनीतिक जीवनमा समेत त्यस्ता कदमले असर गरेकोमा पश्चातापसमेत व्यक्त गर्दै आएका छन् । पछिल्लो पटक नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राख्ने भारतको भूमिकालाई उनले प्रष्ट देखिने गरी अपेक्षा गर्न थालेपछि यो घटना पनि उनका लागि भविष्यमा ठूलो पश्चाताप गर्नुपर्ने अर्काे दुर्घटनापूर्ण घटना बन्दै गइरहेको छ । कसैको बहकाउमा तत्कालै निर्णय गर्ने प्रचण्डका यस्ता कदमकै कारण विगतको सबैभन्दा ठूलो दल हाल आएर सानो दलमा खुम्चिनु परेको भन्दै माओवादी केन्द्रभित्रसमेत आलोचना हुने गरेको छ ।
विगतमा भारतीय हस्तक्षेपका विरुद्ध सुरुङ युद्धको समेत घोषणा गरेका प्रचण्ड पछि भारतकै संरक्षणमा युद्ध लडिरहेको भारतीय उच्च अधिकारीहरूले खुलासा गरिदिएका थिए । पछिल्लो समय संविधान निर्माणदेखि नाकाबन्दीको विरोध र ओली सरकारमा सहभागिता हुादै पुन: भारतप्रति देखाइरहेको झुकावलाई पनि कतिपयले उनको विगतसाग जोडेर हेर्ने गरेका छन् । आफ्नै दलको साझेदारीमा रहेको सरकारबाट समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाउन सक्रिय भइरहेका प्रचण्डका पछिल्ला गतिविधिलाई कतिपयले चीनसाग हालै भएका सम्झौता तथा चिनियाा राष्ट्रपति सी जिनपिङको भ्रमण स्थगित गराउने र नेपाललाई परनिर्भर बनाइराख्ने इन्डोअमेरिकन स्वार्थका लागि काम गरिरहेको आरोपसमेत लाग्ने गरेको छ । प्रचण्डमाथि लागिरहेका यस्ता आरोप र आरोपहरूलाई पुष्टि हुने गरी उहााले देखाइरहेका गतिविधिले अन्तत: प्रचण्डलाई थप अलोकप्रियतातर्फ धकेलिरहेको विश्लेषण शुभेच्छुक विश्लेषकहरूबाट सुन्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here