प्रचण्डलाई फसाउने खेल सुरु

201

काठमाडौ/ सरकार परिवर्तनको खेल सकिएकोजस्तो देखिए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने र बनिहाले पनि छिट्टै खुट्टा तान्ने नयाा खेल सुरु भएको छ । द्वन्दकालीन मुद्दाहरूको टुंगो लगाउने सवालमा केपी ओलीसाग मेतभेट भएका कारण गठबन्धनबाट अलग भएको माओवादी केन्द्रलाई नयाा सरकारको नेतृत्व आफैले गरे पनि भारतीय स्वार्थका सामु लम्पसार नपरेसम्म सत्ता सञ्चालन सहज नहुने देखिएको छ । भारतले सर्वप्रथम त तराई क्षेका मधेसी दलहरूले चाहेअनुसारको राज्य सिमांकन गर्न नयाा सरकारलाई बाध्य बनाउने खेल सुरु गरिसकेको छ ।
अध्यक्ष प्रचण्डलाई सरकारमा टिक्न नदिने चेतावनी भारतीय पक्षले दिएको एकजना एमाले नेताले जनधारणा साप्ताहिकलाई जनाएका छन् । ती नेताले राज्य सिमांकनका सवालमा माओवादी केन्द्रले नमाने कांग्रेस, एमाले र मधेसी दलहरू सम्मिलित नयाा गठबन्धन बनाउने खेल भारतले थालिसकेको संकेत पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here