सेनाबाट थोरै बोलेर गम्भीर चेतावनी

156

काठमाडौ/सरकार परिवर्तनसागै मुुलुक राजनीतिक अस्थिरता तथा आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र सुरक्षा चुनौती बढ्नसक्ने अनुमान भइरहेका बेला नेपाली सेनाले मुख खोलेको छ । सामान्यतया राजनीतिक गतिविधिका विषयमा खासै नबोल्ने सेनाले पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थिति सुक्ष्म ढंगले नियालीरहेको प्रतिक्रिया जनाएको छ । सेनाले यस्तो प्रतिक्रिया जनाएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ । नयाा संविधानप्रति असहमति जनाउादै तराईमा बिखण्डनको माग तीव्र अवस्थामा अघि बढीरहेको र पछिल्लो पटक सरकार परिवर्तनको प्रक्रिया अघि बढेसागै छिमेकी मुलुकले नेपालमा सक्रियता बढाउने संकेत गरिरहेको बेला सेनाको प्रतिक्रिया आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपय सैन्य विश्लेषकहरूले सेनाको उक्त भनाइले नेपालको राजनीतिक र सुरक्षा अवस्था कठिन मोडमा पुगेको विश्लेषण गरेका छन् ।
नेपाली सेनाले तराई आन्दोलन तथा नेपालको सुरक्षा चुनौतीका बारेमा गहिरो अध्ययन गरिरहेको यस अघि देखि नै भन्दै आएको छ । केही समय अघि मात्र सेनाले तराईमा विखण्डनको माग तीव्र रूपमा अघि बढेको तर विखण्डनका पक्षमा जनमत कमजोर भएको निस्कर्ष निकालेको थियो । प्रधानसेनापतिमा राजेन्द्र क्षत्रीले जिम्मेवारी सम्हाले लगत्तै मुलुकको सुरक्षा व्यवस्था र राष्ट्रियताका विषयमा विशेष महत्व दिदै अध्ययन अनुसन्धान गर्दै आएको सेनाले नेपालको राजनीति र सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको भन्नु र सम्भावित खतरालाई सामना गर्न सेना तयारी अवस्थामा रहेको प्रतिक्रिया सार्वजनिक गर्नुले मुलुक सामु कुनै गम्भीर चुनौती आईरहको संकेत विश्लेषकहरूले गरेका छन् ।
नेपाली सेनाले गत सोमबार कृषिमा व्यावसायिकरणको जागरण अभियानमा कार्यरत अष्ट “ज” अभियान नामक संस्थाले आयोजना गरेको गमला हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति क्षत्रीले मुलुकको राजनीतिक र सुरक्षा अवस्थाका बारेमा मुख खोलेका हुन् । उक्त कार्यक्रममा बोल्दै प्रधानसेनापति क्षत्रीले भने, ‘नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको छ । सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको छ । मुलुकमा कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व हो, यसमा सेना तयार छ ।’
क्षत्रीले नेपाली सेना नेपालको संविधान अनुरूप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको जनाएका छन् । तर उनले कस्तो खालको सुरक्षा चुनौती नेपाल सामु आईरहेको हो भन्ने विषयमा भने स्पष्ट पारका छैनन् । सेनाको यो भनाई केपी ओली नेतृत्वको सरकार परिवर्तन भएसागै मुलुकमा सरकार विहिनता भएको अवस्थामा आएको हो । प्रधानसेनापति क्षत्रीले सम्बोधन गर्दा सेनाका रथीहरू तथा अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here