नेपाली हस्तकला अमेरिकामा बढी निर्यात

756

काठमाडौं / नेपालबाट चार अर्ब ७६ करोड २४ लाख ६० हजार रुपौया बराबरको हस्तकलाका सामान गत एकवर्षमा विदेशमा निर्यात भएको छ ।

 
नेपाल हस्तकला महासंघका अनुसार, निर्यात भएको हस्तकलाको सामानमध्ये सबैभन्दा बढी अमेरिकामा निर्यात भएको छ । अमेरिकामा मात्र कूल निर्यातको ३० प्रतिशत सामान निर्यात भएको छ । सबैभन्दा थोरै २५ हजार मूल्य बराबरको सामान मोनाकोमा निर्यात भएको छ । महासंघका महानिर्देशक डा.गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएका कारण अत्याधिक व्यापार भएको हो । महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुादै आएको छ । ललितपुरमा सबैभन्दा बढी हस्तकलाका सामाग्री उत्पादन हुने गरेको छ ।

 
नेपालबाट हालसम्म अल्लो वस्तु बाासजन्य वस्तु, पोतेका सामान, हाड सिङका सामान, सेरामिक सामान, सुर्तिजन्य सामान, स्फटिकजन्य सामान, ढाका, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेसाजन्य, चाादी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुादै आएको महासंघले जनाएको छ । गत वर्ष विदेश निर्यात भएका हस्तकलामध्ये धातुजन्य हस्तकला धेरै रहेको छ । जसमा एक अर्ब २२ करोड ३२ लाख ८७ हजार बराबरको निर्यात भएको छ । गत आर्थिक.वर्ष(आव)मा एक अर्ब ९ करोड १९ लाख ४८ हजार आठ सय ४३ रुपैयाा बराबरको निर्यात भएको जनाइएको छ । नेपालमा हस्तकलाका जिल्ला संघ १४ र वस्तुगत १० संघ रहेका छन् । जिल्लागत संघ बाग्लुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप र संखुवासभा रहेका छन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् । महासंघका अध्यक्ष धर्मरत्न शाक्यका अनुसार, प्राकृतिक रेशा, सिसाका सामान बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्याधिक माग हुने गरेका छन् । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नयाामा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन् । हस्तकलाका सामान निर्यातमा आव ०७१//०७२ को तुलनामा आव. ०७२//०७३ मा दुई करोड बराबरको कमी आएको छ । महासंघका अध्यक्ष शाक्यका अनुसार भूकम्प र नाकाबन्दीका कारण गत आवको तुलनामा पछिल्लो आवमा निर्यात घटेको हो । महासंघमा एक हजार पााच सय व्यवसायी आबद्ध भए पनि हाल दुई सयदेखि चार सय व्यापारीले मात्र हस्तकलाका सामान नियमित रुपमा निर्यात गर्दै आइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here