१४ वटा पोथी हात्तिको घेराबन्दीबाट मुक्त हुन एउटा हात्तिले देखाएको विवेकपूर्ण धैर्यता निकै रोचक छ । कम्पाला जाम्बियाको साउथ लुआंग्वा नेसनल पार्कमा भएको यो रोचक भिडियोले व्यापक चर्चा पाएको छ ।
जम्बियाको चिन्जोम्बो गाडी सफारिका क्रममा जेस्सी नासले फिल्मांकन गरेको उक्त भिडियोमा १४ वटा सिंहको समूहमध्ये एउटा सिंह हात्तीको माथि बढ्दै गरेको थियो ।
सिंहले आक्रमण र घेराबन्दीमा परेपनि पटक्कै नअत्तालिएको हात्तीले आङ्खनो अगाडि आउने अरु सिंहलाई आङ्खनो सुाढले धपाउादै नजिकको पानीमा जाने बाटो बनाइरहेको थियो । नदीको पानीमा करिब मध्यभागमा पुगेपछि सबै सिंहबाट मुक्त भएको हात्तीले पुन: फर्केर सिंहलाई लेखेटेको थियो ।


















