नेपाली आकाश किन असुरक्षित भइरहन्छ ?

285

राज्यलक्ष्मी शाक्य
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान थालनी गरेको गोरखा जिल्लामा अझै पनि सामान्य सुत्केरीको उपचारको समेत व्यवस्था हुन सकेको रहेनछ भन्ने कुरा गत सोमबारको हेलिकोप्टर दुर्घटनाले पुष्टि गरेको छ । गोरखाको उत्तरी वस्ती सिद्र्धिवास फिदिमबाट सुत्केरी महिलासहित बच्चा र सुत्केरीका सासु ससुरा समेतलाई बोकेर काठमाडौंतिर आउादै गरेको हेलिकोप्टर बेतिनी वनको चिप्ले भिरमा ठोक्किएर दुर्घटनाग्रस्त हुादा सुत्केरीसहित ४ दिनको बच्चासमेत सबैले ज्यान गुमाउनु परेको छ । यो घटना कति हृदयविदारक छ भन्ने कुरातर्फ नेपालका राजनीतिक दलका नेताहरूले ध्यान पुर्‍याउन जरुरी छ ।
राजधानी काठमाडौंबाट मोटरबाटोमै पनि ४ घण्टामा पुग्न सकिने गोरखा जिल्लालाई सुविधा सम्पन्न जिल्ला बनाउन किन सकिएन ? किन यस जिल्लाको विकासतर्फ कसैको ध्यान पुगेन ? राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको यति लामो समय बितिसक्दा पनि पृथ्वीनारायण पछिका राजाहरूले किन यो ऐतिहासिक जिल्लाको विकासतर्फ ध्यान पुर्‍याएन । राजाहरूले उत्तराधिकार मात्र ग्रहण गर्ने काम गरेका रहेछन् भन्ने कुरा गोरखाको आजको अवस्थाले स्पष्ट गर्दछ ।
गोरखा जिल्लामा सुत्केरीको उपचारसमेत हुन नसक्ने अवस्था भएको कारणले सुत्केरीलाई काठमाडौं पुर्‍याउनु आवश्यक ठानिएको हुनुपर्छ भन्ने कुरा सामान्य रूपमा बुझ्न सकिन्छ । हुनेले त हेलिकोप्टरको सहारा लिन सक्लान्, नहुनेले या त सडकको सहारा लिने हो त्यो पनि नहुने कतिले ज्यान गुमाउनु परेको होला ? अनुमान गर्न सकिन्छ ।
हेलिकोप्टर दुर्घटना भएको खबर सुनेदेखि मलाई नेपालको ऐतिहासिक गोरखा दरबारको सम्झना भइरहेको छ ।

पर्यटकीय दृष्टिकोणले समेत ज्यादै महत्वपूर्ण मानिने गोरखा जिल्लाको विकास गर्न र यो जिल्लालाई सुविधासम्पन्न बनाउन किन आवश्यक ठानिएन होला ? हेलिकोप्टर दुर्घटनामा परेका कारणबाट सुत्केरी प्रिति गुरुङ चर्चित बनेकी छिन् । यसरी उपचार नपाएर गोरखामा ज्यान गुमाउनेहरूको संख्या कति पुगेको होला ? सम्झादै पनि जिऊ सिरिङ भएर आउाछ ।
गोरखामा उपचारको व्यवस्था नहुनु एउटा पक्ष हो, अर्काेतर्फ नेपाली आकाश किन यति असुरक्षित भइरहेको छ भन्नेतर्फ पनि जिम्मेवार निकायहरूले ध्यान पुर्‍याउन नसकेको जस्तो लागेको छ । मौसमका कारणबाट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको समाचार बाहिर आएको छ । मौसम खराब हुादाहुादै पनि हेलिकोप्टर किन आकाशमा उड्यो ? यो प्रश्न पनि त्यत्तिकै गम्भीर छ । मौसमको मापन गर्ने संयन्त्रको विकास भइसकेको अवस्थामा पनि किन त्यसको उपयोग गरिएको छैन हाम्रो देशमा पटक–पटक विमान दुर्घटना भइरहने हाम्रो देशमा केही न केही प्राविधिक पक्षको पनि कमीकमजोर िछ भन्ने कुरातर्फ ध्यानाकर्षण हुनु जरुरी छ । उडान भर्नु अगाडि विमानको अवस्था राम्रोसित परीक्षण गर्नु र मौसमको जानकारी लिएर मात्र उडान भर्नु पर्ने हो । यस्तो नियमको पालना गर्ने हो भने आकाशमा हुने दुर्घटनामा धेरै कमी आउने थियो भनेर अनुमान गर्न सकिन्छ । यो पनि सत्ता सञ्चालकहरूकै निगरानी र निर्देशनको अभावका कारणबाट हुन नसकेको भन्नुपर्ने हुन्छ ।
सबै जिल्लाहरूमा अस्पतालहरूको विस्तार गर्ने र चिकित्सकहरूलाई दुर्गम जिल्लाहरूतिर सेवा गर्नका लागि प्रोत्साहन गर्ने काममा सरकारले ध्यान पुर्‍याउन जरुरी छ । हाम्रो देशको राजधानी काठमाडौंमै रहेको अस्पतालहरूमा पनि विदेशबाट चिकित्सक बोलाएर उपचार गराउने गरिन्छ । जिल्लाहरूमा पनि राम्रो अस्पतालहरूको व्यवस्था गर्ने हो भने दक्षण चिकित्सकको आवश्यक पर्ने उपचारमा बाहिरबाट अर्काे राजधानीबाटै पनि जिल्लाहरूमा झिकाउन सकिन्छ । यसरी पनि जिल्लाामै दक्ष चिकित्सक र उपकरणसहितको उपचार पाउन सकिने व्यवस्था गराउनेतर्फ राजनीतिक दलहरू खासगरी सरकार सञ्चालन गर्ने जिम्मेवारीमा पुगेका नेताहरूले ध्यान पुर्‍याउन जरुरी छ ।
देशलाई संघीय संरचनामा लैजाने प्रयासमा हामी लागिरहेका बेला जिल्लाहरूमा उपचार र शिक्षाको पहुाच जनतामा पुग्ने गरी व्यवस्था गर्न सकिन्छ कि सकिंदैन ? यो महत्वपूर्ण पक्ष हो । संघीयतामा देशलाई विभाजित गरेर र प्रान्तीय सरकार निर्माण गरेरै मात्र जनतालाई केही प्राप्ति हुनेवाला छैन । जनतालाई आवश्यक पर्ने के हो भन्ने सवालमा ध्यान पुर्‍याउन सकिएन भने यस्ता सुत्केरीहरू मरिरहने घटना सामान्य भइरहने छन् । तपाई हामीचाहीं समवेदना व्यक्त गर्न २/४ लाख रूपैयाा क्षतिपूर्तिमा चित्त बुझाउन हामी बाध्य हुनु परिरहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here