युवाहरूले सोच्ने बेला आयो

231

 दीपेन्द्र रोकाया

नेपाल विद्यार्थी संघको जात्रा बनेको राष्ट्रिय सम्मेलनले युवा र विद्यार्थीको परिभाषा लगाउनेहरूका लागि सघाएको महसुस भएको छ । म सानो छादा एक जना बा’ ले बारम्बार एउटा उखान प्रयोग गर्दथे । त्यो उखान हो, ‘सुन पुरानो, लोग्ने बुढो हुादैन कहिल्यै’ । नेविसंघको नेता हुन चाहने बुढाहरू नेपालको राष्ट्रिय मान्यतामा युवा होइनन् । संसारमा सबैभन्दा बढी उमेरसम्म युवा मान्ने देश नेपाल हो, जहाा १६ देखि ४० वर्षसम्मकालाई युवा मान्ने गरिएको छ । प्राय:लाई भ्रम हुन्छ कि सानोमा मात्र विद्यार्थी हुने हो, उमेर छिपिदैं गएपछि विद्यार्थी होइदौन । यदि कोही कसैले केही जान्न र सिक्न चाहन्छ भने त्यो १०० वर्ष पुगेको भए पनि विद्यार्थी नै हुन्छ । यसो भने पनि युवा र विद्यार्थी हुने कुरा इच्छाशक्तिका आधारमा निर्धारण हुने रहेछ भनी अर्थ लगाउन सकिन्छ ।

युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । तर तिनको बारेमा राज्य र नेतृत्व तहले सोच्न नसक्दा देशले सम्बृद्धि र विकासको सुनौलो अवसर गुमाएको छ । जनयुद्ध र जनआन्दोलनका कारण २०६५ सालबाट युवा तथा खेलकुद मन्त्रालय स्थापना भएको थियो । मन्त्रालय गठनपछि राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू बन्न थालेको देखिन्छ । नेपाल सरकारको तेह्रो योजनाको आधारपत्र २०७०/०७१–२०७२/०७३ ले युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार र आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तीकरण गर्ने रणनीति तय गरेको थियो । युवा विकास र परिचालनका लागि मन्न्त्रालय मातहत रहने गरी राष्ट्रिय युवा परिषद् गठन भइसकेको छ । परिषद्ले राष्ट्रिय युवा नीति, २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘युथ भिजन–२०२५’ सहितको दशवर्षे रणनीतिक योजना पनि सार्वजनिक गरेको पाइन्छ ।

नेपाली समाजमा अधिकारको खोजी हुन्छ, देश, काल परिस्थितिअनुसार आफूले निभाउनुपर्ने भूमिका सोचिदैन । यहाा हरेक जाति, भाषा र संस्कृतिका हिसाबले अनेकता छ । तर त्यसलाई राष्ट्रिय एकतामा गाास्न आवश्यक छ । यसका लागि सबैको सहअस्तित्व स्वीकार्नुपर्ने हुन्छ । यसैले सामाजिक न्याय, समानताका लागि सबै क्षेत्रका युवाको सहभागिता र सहकार्यले मात्र सम्भव हुन्छ । यही यथार्थतालाई आत्मसात गरी ‘युथ भिजन–२०२५’ ले चार ‘अ’ र चार ‘स’ लाई निर्देशक सिद्धान्त मानेको देखिन्छ । चार ‘अ’ का रूपमा अधिकारको सुनिश्चितता र दायित्वबोध, आम सम्बृद्धि, दीगो विकास र शान्ति, अनेकतामा राष्ट्रिय एकता र सह–अस्तित्व तथा अनुभव र तथ्यबाट सत्यको खोजीलाई लिएको पाइन्छ । चार ‘स’ का रूपमा सामाजिक न्याय र समानता, समावेशिता र समविकास, संरक्षण र सम्वद्र्धन तथा सहभागिता र सहकार्यलाई लिएको देखिन्छ ।

यसका साथै, ‘युथ भिजन–२०२५’ ले पााच वटा युवा रणनीति अख्तियार गरेको पाइन्छ । त्यसमा एक, युवा विकासको दुरदृष्टि तथा आगामी १० वर्षका लक्ष्य सुचक तय गर्ने । दुई, युवा विकासका मूल आधारस्तम्भ निर्धारण गरी आगामी १० वर्षका लागि मूल रणनीति तय गर्ने । तीन, राष्ट्रिय युवा नीति, २०७२ ले निर्दिष्ट गरेका नीति र कार्यनीतिहरूलाई कार्यान्वयनका लागि मार्गनिर्देशन गर्ने । चार, युवा क्षेत्रको मुल समस्या, चुनौती र सम्भावना पहिचान गरी तद्अनुरूप योजना तथा कार्यक्रम तय गर्ने । पााच, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकास लक्ष्यसाग एकाकार गर्दै सवल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर युवा तयार गर्ने । यस रणनीतिले शिक्षालाई गुणस्तरीय, ब्यावसायिक र रोजगारीमुलक बनाउने सोचेको देखिन्छ । स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चिता खोजेको पाइन्छ । खेलकुद र मनोरञ्जनले मानसिक र स्वास्थ्यका साथै व्यक्तित्व विकास गर्छ भन्ने देखाएको छ । संक्षेपमा युवाको परिचालन, सहभागिता र नेतृत्वबाट देशमा अपेक्षित विकास र सम्बृद्धि हासिल गर्ने सोचेको छ तर पनि देशको परिस्थिति त्यतातिर गएको देखिादैन ।

नेपाल विश्व युवा विकास सूचकांकमा १४५औं स्थानमा रहेको छ । नेपाली युवाको वर्तमान अवस्था देख्दा ‘अर्ध मानव’ भएको महसुस हुने गर्दछ । कारण युवा श्रमशक्तिको झण्डै आधा भाग अझै गुजारामुखी कृषिमा आश्रित छ । वैदेशिक रोजगारीमा जाने वार्षिक पााच लाख ३८ हजार युवामध्ये ७४ प्रतिशत अदक्ष छन् । उनीहरूले विदेशी भूमिमा कस्तो मनोदशा बेहोर्नु परिरहेको छ ? भन्ने कुरा सोच्न पनि सकिादैन । अझ नेपाली समाज रेमिट्यान्सले चलेको छ भन्ने गरिन्छ तर त्यसले कति सामाजिक दुर्गति निम्त्याएको छ भनी अध्ययनै हुन सकेको छैन । यसैले फेरि पनि नेपाली युवाहरूले इच्छाशक्तिका साथ सोच्न र भन्न परेको छ, मेरो देश नेपालको रक्षा, विकास र सम्बृद्धिका लागि केही गर्ने बेला आएको छ ।

सबैले एकपटक मात्र जन्मने हो । मान्छेले मरेपछि स्वर्ग वा नर्क देख्छ भन्ने कुरा भ्रम हुन् । मान्छे मरेपछि सम्पूर्ण अध्याय सकिन्छ । यसैले बााचेका दिनहरू सार्थक रहनुपर्छ । बााचेपछि नै सबै कुरा देख्न पाइन्छ । यसो भएकाले नेपालले राजनीतिक कोल्टो फेर्न थालेको अनुभव भइरहेको छ । यसले कस्तो रूप लिन्छ भन्ने कुरा युवा इच्छाशक्तिमा भर पर्ने देखिएको छ । यसका लागि के हामीले युवा हुनुको महत्व बोध गर्न सकेका छौ ? अझ भनौा, नेपालको रक्षाका लागि अंग्रेजसाग लड्दा सबै नेपाली सैनिक भएजस्तै हुन सक्छौ ? नेपालको विकासका लागि भूगर्भशास्त्रीहरूको अध्ययनअनुसार घनावस्ती र निश्चित पहिचानयुक्त शहर बनाउनतिर ध्यान दिन सक्छौ ? सञ्चार र यातायातको विकासले विश्व गाउा बनाइरहेको बेला जलविधुत, पर्यटन र कृषिमा युवाहरूले ध्यान दिन सक्छौ ? सक्यौ भने यसैबाट नेपालको सम्बृद्धि ल्याउन सक्छांै ।

यस कार्यको थालनी शिक्षाबाट हुनुपर्छ । यदि राज्यले अन्दाजी पचास वर्षको आाकलन गरी प्राथमिक, राज्य र विश्वविद्यालयको अनुसन्धान स्कूल सञ्चालन गर्न सकेमा अहिलेको जस्तो युवाहरू विदेश पलायन हुने छैनन् । यसो गर्न सकेमा विदेशमा भाडाको सेना, कुल्ली बन्न होइन, विज्ञका रूपमा मात्र जानेछन् । नेपालकै स्रोतको पहिचान गर्ने र त्यसलाई प्रयोगमा ल्याउादा रोजगारी बढ्ने र देश विकास हुन जान्छ । के यसखाले रणनीति राज्यले अख्तियार गरी अघि बढ्ने साहस गर्न सक्ला ? मेरो विचारमा अब त्यो दिशा खुलाउन पनि युवा इच्छाशक्ति भएकाहरूले बहस चलाउन आवश्यक छ । विदेशका हरेक कारखानाको गेटमा एउटा ख्याउटे नेपाली उभिादा पनि सुरक्षाको महसुस गरेको हुन्छ भने त्यो साहस नेपालको रक्षा, विकास र सम्बृद्धिमा लगाउन हिम्मत गरौं । हामीसाग धुवाा नआउने पर्यटन उद्योग विकास गर्ने अथाह सम्भावनाहरू छन् । बाबुबाजेले गर्दै आएको खेतिपातिका विभिन्न रूपहरू छन् । छ हजारभन्दा बढी नदीनालाको उपयोग गरी सफा खानेपानी, सिाचाई र जलविद्युत निकाल्ने योजनामा जोड सक्यौं भने संसारको अग्लो स्थानबाट विश्वलाई चिहाउने नेपाली नै हुने देखिएका छौ । यो सम्भावना चुम्न हाम्रो युवा इच्छाशक्ति प्रयोगमा ल्याउन ढिला नगरांै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here