“सांस्कृतिक पथ” भएको यथार्थ तर्फ ध्यानाकर्षण पत्र मन्त्रीहरूलाई बुझाए

1

परराष्ट्र मन्त्रालयका माननीय मन्त्री शिशिर खनाल, पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्साल, खेलकुद तथा शिक्षा मन्त्रालयका माननीय मन्त्री सस्मित पोखरेल, खेलकुद, स्वास्थ्य, शिक्षा एवम् सूचना संसदीय समितिका सभापति माननीय डा. ओजस्वी शेरचनको पहलमा साे ध्यानाकर्षण पत्र बुझाइएकाे हाे ।

साे  ध्यानाकर्षण पत्रमा बागमती विष्णुमती सभ्यताको उत्पत्ति स्थल मध्येको टोखा बस्ती नेपाल खाल्डो नागदह हुँदाकै बखतको आदिम बस्ती र स्थानीय नेवाः समुदायको जन्मदेखि मृत्यु पर्यन्तका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक र पुरातात्विक महत्त्वको जीवित सभ्यता स्थल हो । शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् स्व.  सत्यमोहन जोशी तथा तात्कालिक बहालवाला नेपाल सरकारका सम्बद्ध मन्त्रालयका जिम्मेबार मन्त्रीबाट संयुक्तरूपमा “संस्कृति संरक्षित क्षेत्र घोषणा” भइसकेको र स्थानीय टोखा नगरपालिकाबाट समेत “देशकै प्रथम विशेष संस्कृति संरक्षित क्षेत्रका रूपमा औपचारिक निर्णयबाट अगाडि बढाइएको बस्ती इलाका पनि हो । त्यसो हुँदा यहाँको बाटोको अन्यत्र भन्दा जुन पृथक, मौलिक र विशिष्ट स्वरूप अवस्था छ, सोबारे समयमै सबै तालुकवाला जिम्मेवार निकाय र पदाधिकारीमा पूर्वजानकारी हुनु अत्यावश्यक रहेकाे जनाइएकाे छ ।

नेवाः सभ्यता इतिहासमा गोपाल, महिषपाल देखि किराँत, लिच्छवि र मल्लकाल हुँदै यहाँको बाटोको स्वरुप र चरित्रलाई गहिरोगरी केलाउँदा र बाटोको निर्माण, विकास, प्रयोग र बासिन्दाहरूको यसको भावनात्मक सम्बन्धका आयामबाट हेर्दापनि यसै बाटोको छेउमै प्रसिद्ध सपनातीर्थ जस्ता बृहत् बागमती क्षेत्रका जनताको गहिरो आस्था र विश्वासका कैयौं प्राचीन ऐतिहासिक महत्वका देवालय, मठ-मन्दिर, धारा, कुवा, तथा टोखा विस्काजात्रामा सम्पूर्ण देवी देवताका पवित्र प्रतीमा विग्रहहरूलाई रथारोहरण, बजार परिक्रमा अनि वीव्यस्नान गराउने उपत्यकाकै अति महत्वको नारायण पोखरी, प्रत्येक घरधुरी अगाडिका पिबालुखी (कुमार देवता), चण्डेश्वरी प्रादेशिक अस्पताल, ऐतिहासिक प्रवेश द्वार, कुलपूजा स्थल, टोखाको गौरव भूतखेल (भम्) सरस्वती चौर (सयू), पारम्य् अनि विविध सांस्कृतिक उद्देश्यका गुठी स्थल, फल्चा, सत्तल तथा चण्डेश्वरी मा. विद्यालय, सरस्वती मा. विद्यालय र मनोहर मा. विद्यालय जस्ता सामुदायिक मावि र थुप्रै प्रतिष्ठित शैक्षिक संस्था/ प्रतिष्ठानहरूका भवन र संरचना तथा प्रसिद्ध बुद्धभूमि विहार नै रहेको तथ्य हाम्रो सामुन्ने रहेकाे जनाइएकाे छ ।

ती बाहेक उपत्यकाकै अति महत्वको बिस्काजात्रा, गाईजात्रा, रोपाईजात्रा, कृष्णजात्रा, इन्द्रजात्रा, मेला, रथयात्रा, स्वर्ग जात्रा, लाखेनाच, पौराणिक शास्त्रीय नृत्य गान, पाहाचडे, झाँकी, गठांमुगः  पर्वमा भूत फाल्ने र अनि बिसर्जन गर्ने मार्गको लिसिंगाः थुसा अनि त्यसैगरी देवाली पूजन, शवयात्राका विशेष संस्कारहरू, पिण्ड विसर्जन, विवाह, व्रतबन्ध, भोज, गुठी कार्य, गठासुंगः देखि प्रधान्वरे सम्मका गुलाबाजा, चतुर्मास भजन, धान्य पून्हिमा योमरी माग्ने र दाफा भजनको नासः पुजा, सकिमन्हा पुन्हिमा हनिबली प्रदर्शन, भिन्तुना र्याली  एवम् स्वस्थानी व्रतको महिनाभर हरिहर भजन, नवरात्रीमा नौ दिन नवरथ परिक्रमा, शिवरात्रीमा जगात र जाग्राम अनि बेलाबखत भजन-कीर्तन र कलस अनि शोभायात्रा लगायतका ठूला सांस्कृतिक तथा धार्मिक भेला, जात्रा र अनुष्ठान प्रत्यक्ष परोक्ष बाटोमै आधारित वा बाटोसङ्ग नै जोडिएका छन्। यसरी वर्षको झण्डै आधाजसो समय सांस्कृतिक धार्मिक गतिविधिमा नै व्यस्त रहने जगजाहेर सामाजिक यथार्थ बोकेर इतिहासदेखि हालसम्म आम जनभावनामा यो बाटो “सांस्कृतिक मार्ग को रूपमा नै विकसित, परिचित, मान्य र स्थापित छ ।

नेवाः संस्कृतिको प्राण र समग्र अस्तित्व यहाँको माटोसङ्ग जोडिएको हुनाले बाटो नै यहाँको सांस्कृतिक जीवनको निरन्तरता, प्रयोग, अभ्यास र प्रदर्शनको स्थल हो । भन्नुको अर्थ सिङ्गो समुदायको लाइफलाइन वा रक्तधमनी भन्नु नै यहाँको साझा बाटी हो । त्यतिमात्र नभएर यो बाटो यहाँका नेवार, तामाङ्ग, ब्राह्मण, क्षेत्री देखि सबै पुराना नयाँ समुदायलाई एउटै मालामा उनेर साझा पहिचान सहित सांस्कृतिक गतिविधि र मान्यतामा एकाकार गर्ने सम्पर्क सूत्रको रूपमा पनि कायम छ । तसर्थ यो अरु सडकहरू जस्तो संस्कृति र सम्पदाको संवेदनशीलता हेर्नु नपर्ने खालको केवल यातायात, व्यापार वाणिज्य र परिवहनका प्रयोजनमा जानै सक्दैन, मिल्दैन र हुँदैन पनि ।

यसमा सबैले बुझ्नुपर्ने अझ महत्वपूर्ण र खास तथ्य यही हो कि, यस सडकको छेउछाउ सामाखुसी चक्रपथ नेर मनोहर मावि खेउको ऐतिहासिक दुवे धारा, महेन्द्रेश्वर मन्दिर, गणेश मन्दिर सबैको फल्या सत्तल र ग्रिनल्याण्ड नेरको अति प्रशिद्ध मयजुहिटी धारा जस्ता पुरातन सम्पदा टोबा सम्पदाभित्रका गौरवमय महत्वपूर्ण अङ्ग हुन् । टोखाको बाक्लो बस्ती भित्र रहेका सयौं मूर्त-अमूर्त सम्पदा देखि टोखाको प्राचीन र पहिलो बस्ती मिली गाउँ, सबैको आस्था र महिमाको बालकुमारी मन्दिर, फोरको प्रशिद्ध बौडेश्वर भरना महादेव गुफा मन्दिर, गुप्तेश्वर महादेव र भनेर महाशाल मन्दिर लगायत त्यहाँका अनेकाै अन्य सम्पदा परी टोडोचक हुन्। टोखा चण्डेस्वरी स्थित पक्षप्रजापतिको यज्ञ मण्डप र विनायक, बानियाटारको प्रसिद्ध जालपादेवी मन्दिर यासीको प्राचीन स्तुपाहरू लगायत टोखा न.पा. चित्र मात्र स्थित समुच्चयमा अहिलेको एकीकृत टोखा सम्पदा र संस्कृती रैथाने संस्कृति र सास्कृतिक सम्पदा कुनै पनि धार्मिक, सांस्कृतिक काम गरिन हुन्छन् । हरेक सभ्य लोकतान्त्रिक समाजवाद अधि बढड्दैन ।

यसैमा नै सामुदायिक सद्भाव, सामाजिक सामजस्य यसको झाेरदेखि सामाखुसी चोकसम्मको कुनै खण्डमा समुदायको रैथाने संस्कृति, सम्पदा, गौरव र पहिचान मामेट हुन जीवित  रहेको हुन्छ! प्रधा पहिचान मापदण्डमा हचुवाको भरमा गरिने चोरैपनि स्वरूप परिवर्तन या समृद्ध सभ्य र सकृतिक गौरव माणिक पात र अतिक्रमण ठहर्न जान्छ ! यसबाट केवल सरचना मात्र नष्ट हुँदैन, एकातिर सम्पदा, संस्कृति र समस्त विष्णुमती सभ्यता नष्ट गरे भनेर बाक्लै विस्तार भइसकेको निकै ठूलो मानव बस्ती विस्थापित हुने दुखद अवस्था बन्न जाने
स्मरणीय छ यस्तो अप्रिय अवस्था आउनु प्रथमतः काठमाड भरका नेवाः समुदाय देखि मुलुकभरिका सम् प्रेमी र अभियन्ताहरूका लागि मात्र नभएर स्वयम् सरकारका लागि पनि सहज, प्रीतिकर र अनुकुल कुरा हुन न विश्वभरका आदिवासी जनजातिहरूको पहिचान, भूमि, संस्कृति, जन, जङ्गल, जमीन, संस्कृतिजन्य प्रथा-परम्परा सम्पदा संपत्ति र बसोबास क्षेत्रको अधिकार संरक्षण र संबर्द्धनको सवालमा नेपाल समेत पक्ष राष्ट्र भएर अनुमोदन गरेका FPICK UN-DRIP र ILO-169 जस्ता अन्तर्राष्ट्रिय मान्यता, घोषणापत्र र महासन्धिहरू जस्ता महत्वपूर्ण दस्तावेज देखि लिएर मुलुकको संविधान र प्रचलित थुप्रै कानूनले खास महत्व र प्राथमिकता सहित विशेष दर्जा दिएर संरक्षित र व्यवस्थित गरेका अधिकार कसैले नजरन्दाज गर्नसक्ने विषय होइनन् । यस्तो विशिष्ट र भिन्न अवस्थाकी बाटोमा सामुदायिक सार्वजनिक भवन संरचनाहरू भत्काउनु विनाशको दिशामा उद्यत हुनु बिल्कुल अनुचित र गलत छ, कुनै मानेमा गरिनु हुँदैन ।
तसर्थ राज्यले यसमार्ग बारे कुनैपनि निर्णय लिनुअघि यसको सांस्कृतिक वैशिष्ट्यलाई बुझ्नुपर्छ, संवेदनशीलता मनन गर्नुपर्छ र यस मार्गलाई तदनुरुप “सांस्कृतिक पथ” वा “सांस्कृतिक मार्ग को रुपमा व्यवहार गर्नुपर्छ भन्ने मूल विषयतर्फ ध्यानाकर्षण गर्दै यो निवेदन पेश गरेकाे जनाइएकाे छ ।

मिति २०४५/०७/१३ को तात्कालिन नगर विकास समिति (पछि परिवर्तित उपत्यका विकास प्राधिकरण को माइन्यूटको कथित निर्णय तथा मिति २०७३/०७/०६ मा तत्कालको मन्त्री परिषदले प्रस्तावको रूपमा लगेको बाटोको नामाकरण र मापदण्ड दुबै खारेज बदर गरीपाऊँ ।
अब उप्रान्त पनि सरकार र यसका तहगत सबै अङ्ग र निकायहरूबाट समुदायको भावना र मर्मलाई आत्मसात गर्दै विकास निर्माण योजनाहरूको प्रस्ताव, तर्जुमा र कार्यान्वन गर्दा प्राचीन संस्कृति, सम्पदा र सामुदायिक पहिचान नष्ट नहुने र घना विस्तारित ठूलो मानवीय बस्ती विनास नहुने गरी बढी सहज, मीतव्ययी र संस्कृति मैत्री विकल्प तर्फ ध्यानदिने दुरदर्शिता अपनाइयोस् भन्ने व्यहोरासहित उनीहरूले अनुरोध व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here