दीपेन्द्र रोकाया
म गोदावरीमा बस्न थालेको एक वर्ष बढी भएछ । यहााको ऐतिहासिकता र महत्व हेर्दै जाादा उपत्यकामा पहिलो पटक शासन गर्ने गोपाल वंशको वंशावलीअनुसार प्राचिन चिन्तक गौतम ऋषि गोपाल वंशभन्दा पहिले उपत्यकामा आएको उल्लेख छ । गौतम वंशावलीअनुसार, इशापूर्व सातौ शताब्दीको हाराहारीमा गौतम ऋषि बाहिरबाट उपत्यकाको गोदावरी क्षेत्रमा आई आश्राम खोलेर बसेका थिए । लिच्छवीकालीन ई. ७०५ वलम्बु शिलालेखमा उल्लेख भएअनुसार हालको गोदावरी इलाकामा उनको आश्राम थियो । अहिले पनि उनको आश्रामको अवशेषका रूपमा सानो कुटी रहेको छ । जनश्रुतिअनुसार जालन्धर प्रदेश (अहिलेको हुम्ला क्षेत्र) बाट इन्द्र राजा उपत्यकामा आएर गौतम ऋषिबाट धर्म सुत्र लेखाएर लिएका थिए । यो प्रभाव अहिलेको मुलुकी ऐन तथा सम्पतिसम्बन्धी विषयहरूको समेत मुल स्रोत बन्न गएको देखिन्छ । प्रकाण्ड ऋषिहरू मध्ये एक गौतम ऋषिले मन पराएको फुलको नामबाट यस क्षेत्रको नाम गोदावरी नामाकरण भएको देखिन्छ ।
गोदावरी क्षेत्र पर्या–पर्यटनका लागि खुल्ला सङ्ग्रहालयको रूपमा रहेको पाइन्छ । नेपालमा पाईने ८६८ प्रजातिका चराहरू मध्ये ३२१ प्रजातिका चराहरू यसै क्षेत्रमा पाइन्छन् । ३०० प्रजातीका पुतलीहरू, ५७१ प्रजातीका फूल फुल्ने रुख, १५ प्रजातीका घाँसहरू तथा प्रशस्त वन्यजन्तु र अन्य विभिन्न वनस्पति, जीवजन्तु एवं किरा फट्याङ्ग्राहरूको वास स्थानको रूपमा रहेको गोदावरी क्षेत्रमा विश्वमै दुर्लभ मानिएको काडेभ्याकुर पाइन्छ । यसैले २०६८ असार ९ गतेको एक कार्यक्रमबाट जनस्तरीय रूपमा भएपनि पर्या–पयर्टन क्षेत्र घोषणा भएको थियो । तर त्यस अनुसार सरकारीस्तरमा अभ्यास भएको पाइदैन । ललितपुर जिल्लाको गोदावरी क्षेत्र प्राकृतिक दृष्टिकोणबाट उपत्यकाको प्रसिद्ध तीर्थ स्थल बन्न गएको देखिन्छ । काठमाडौंबाट १४ कि.मि. दुरीमा रहेको यस क्षेत्र नेपालको दोस्रो प्रमुख शहर पाटनको मंगलबजारबाट ९ कि.मि.टाढा रहेको छ ।
उपत्यकामा गोदावरी क्षेत्रलाई प्राकृतिक स्रोत र सम्पदाको धनी इलाकाको रूपमा लिने गरिन्छ । पूर्वमा काभ्रे जिल्लाको कुसादेवी र र्याले गाविस, पश्चिममा ललितपुर जिल्लाको बज्रबाराही नगरपालिका, उत्तरमा ललितपुर उप–महानगरपालिको हरिसिद्धी र महालक्ष्मी नगरपालिका तथा दक्षिणमा ललितपुरकै भारदेउ गाविसको बीचमा गोदावरी क्षेत्र फैलिएको छ । प्राकृतिक रूपमा जति सुन्दर छ, त्यतिकै पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छ । पर्यटन विकासको प्रचुर संभावना रहेको गोदावरी पार्क, गोदावरी कुण्ड, नौधारा, लामकुण्ड, पञ्चदेवल, श्वेतवाराही, कालभैरव, विशंखुनारायण, मनकामना लगायतका मन्दिर र कुण्डहरूको महत्व र बाह्र वर्षे सिंहस्थ मेला उत्साहका साथ मनाइएको पाइन्छ । फुलचोकी माईको मन्दिर, चापाखर्क त्रिवेणी, कोटडाडा जस्ता पर्यटकीय क्षेत्रहरू छन् । काठमाडौं उपत्यकाको जैविक विविधताको भण्डार तथा खुल्ला सङ्ग्रहालयको रूपमा रहेको गोदावरी क्षेत्र सामाजिक, सास्कृतिक र आर्थिक दृष्टिकोणले महत्वपूर्ण स्थल बन्न गएको देखिन्छ । यहााको वन, जंगल, जनावर, पंक्षी, किरा तथा पानीले गोदावरी सभ्यता निर्माण गरेको छ भन्दा अन्युक्ति हुदैन । जैविक विधिधतामा नेपाल विश्वको २७ औ, एशियाको ११ औ स्थानमा रहेको र नेपालको प्रमुख स्थान गोदावरी गोदावरी क्षेत्र देखा परेको छ ।
उपत्यकाको प्रमुख तीन जलाधार मध्ये एक गोदावरी जलाधारका कारण हरिसिद्धी, ठैव, सानागाउ, लुभु, सुनाकोठी, ठेचो र चापागाउसहित सात गाउको रहनसहन परापूर्व कालदेखि जोडिएको छ । वर्तमानमा आएर सरकारले यस क्षेत्रको विकास गर्न गोदावरी, हरिसिद्धि, ठैव, भरुवारासी, बडिखेल, गोदामचौर र विशंखुनारायणका पाच गाविसलाई मिलाएर गोदावरी नगरपालिका बनाएको छ । करिब ३५ वर्ग कि.मि. मा फैलिएको यस नगरपालिकामा २०६८ को जनगणनाअनुसार २८,७९३ जनसंख्या रहेको छ । जसमा महिला १४,१६८ र पुरुष १४,६२५ रहेका छन् । यस नगरपालिकामा १२ वटा वडाहरू छन् । गोदावरी क्षेत्रको ऐतिहासिक, पुरातत्विक, सास्कृतिक तथा जैविक विविधताका कारण संरक्षण गर्ने सवालमा स्थानीयवाशीमा जागरण आइसकेको देखिन्छ ।
गोदावरी क्षेत्रमा क्षेत्री, नेवार, तामाङदेखि अल्पसंख्यक समुदाय पहरीसम्मको बसोबास रहेको छ । आजकल बाहिरबाट बसोबासका लागि आउनेहरको संख्या बढेको पाइन्छ । यसैले पचहत्तरै जिल्ला तथा देश विदेशका मान्छेहरूको सम्पर्क स्थल गोदावरी हुनुले विभिन्न संस्कृतिको संगम बन्न गएको छ । उनीहरूको समुदायगत संस्कार र जीवन पद्धतिले एकले अर्कालाई प्रभाव पारिरहेको छ । तर स्थानीयवाशीको कला, संस्कृति र सभ्यतामा प्राकृतिक, ऐतिहासिक र जैविक विविधतासग गहिरो सम्बन्ध रहेको देखिन्छ । उनीहरूले बाह्रै महिना मनाउने चाडवाडलाई उपयोग गरेर साास्कृतिक पर्यटक भित्र्याउन सकिने देखिन्छ । जसको संरक्षणमा स्थानीय निकायले समेत सहयोग
गर्दै आएको पाइन्छ ।
गोदावरी क्षेत्रमा पर्या–पर्यटनको प्रभाव सबभन्दा बढी समाजिक क्षेत्रमा परेको देखिन्छ । युवा जागरण पर्यावरणीय मञ्च नामक गैरसरकारी संस्थाले वातावरण, स्वास्थ्य, शिक्षा र आमसञ्चारको क्षेत्रमा विविध जनचेतनामूलक कार्यक्रमहरू संञ्चालन गर्दा पर्या–पर्यटनलाई केन्द्रमा राखेको पाइन्छ । विश्वका विभिन्न संस्थाहरू विश्व पानी परिषद्, अन्तर्राष्ट्रिय जल एशोसिएसन, विश्व जल साझेदारी, एशिया प्रशान्त क्षेत्र पानी मञ्च, जापान पानी मञ्चको समेत सदस्यता प्राप्त गरी संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको युवा, खेलकुद र वातावरण विभागसाग नियमित रूपमा सहकार्य गरेकाले यस मञ्चका गतिविधिहरूले अन्तर्राष्ट्रियकरण हुने अवसर पाएका छन् ।
जनस्तरीय रूपमा २०६८ असार ९ गते गोदावरीलाई पर्यावरणीय पर्यटन क्षेत्र घोषणा भएको थियो भने यसलाई सरकारी स्तरमा घोषणा गराउन विभिन्न पहल हुादै आएको छ । गोदावरी क्षेत्रका सम्पूर्ण संघ–संस्था र सरकारी निकायहरू समेतको उपस्थितिमा फूल्चोकी एकिकृत विकास आयोजना नामक परियोजना समेत निर्माण भएको पाइन्छ । यसैका माध्यमबाट जनचेतना जगाउने र स्थानीय जनताको सहभागीताले पर्या–पर्यटनको महत्व बढ्न गएको छ । यहााका सडक छेउ, वसपार्क र अलि रमणीय क्षेत्रमा होटल, रिर्सोट, रेष्टुरेन्ट, लज तथा फासफुडहरू खुलेका छन् । पिकनिक क्षेत्र बनेका छन् । यसले एकातिर मनोरञ्जन, अर्कातिर आर्थिक चलखेल हुन पाएकाले सडक पूर्वाधार भएका क्षेत्रहरूमा बाह्य सम्र्पक बढेको छ । सबै गाउामा स्कुल, हेल्थपोष्ट, खानेपानी, विद्युत, सञ्चारको पहुाच विस्तार भएको छ । यहाा विभिन्न स्तरका नागरिक र अध्ययन गर्ने अध्यताहरूको आगमन हुने गरेकाले पर्यटन उद्योग विस्तार हुादै जाादा यहााको सामाजिक सम्पर्क अन्तर्राष्ट्रियकरण हुादै गएको पाइन्छ ।
पहिले पहिले कृषि उत्पादन बेचेर मात्र आर्थिक उर्पाजन गर्ने यस क्षेत्रमा अहिले पर्यावरणीय पर्यटनका कारण आर्थिक उर्पाजनका क्षेत्रहरू बढेका छन् । बाटाघाटामा सानातिना होटल, वार एण्ड रेष्टुरेन्टका साथै ठुला रिर्सोट तथा भृकुटी भ्यु जस्ता ठुला होटल बन्ने क्रम बढेको छ । यस्ता होटलहरू अनुमानित २०० वटा छन् । कोटडाडामा २५ वटा होम स्टे छन् । यसका लागि विभिन्न प्रकारका तरकारी उत्पादन गर्ने प्रक्रिया बढेको छ । गाई, बंगुर, कुखुरा, बाख्रा पालन बढेको छ । पुष्प खेती हुन थालेको छ । यसका साथै मुलको पानी बेच्ने, रमणीय स्थलको भाडा लिई पिकनिक गर्न दिने प्रचलन बढेको छ । एउटा वियर फ्याक्ट्री बनेको छ । यसले गर्दा एकातिर रोजगारी र अर्कातिर आर्थिक आय आर्जनको आधार बनेको छ । विगतमा खेतीमा मात्र केन्द्रित जनशक्ति होम स्टे, उपहार बनाउने कार्य, विभिन्न विरवा उत्पादन गर्न थालेका छन् । करिब १५ वटा त विदेशी दाताहरूबाट स्कूल सञ्चालित छन् । यसबाट स्थानीयवाशीलाई प्रत्यक्ष लाभ मिलेको पाइन्छ । विगत १० वर्षको तुलनामा यतिखेर प्राय: सबैको आर्थिक स्तर उठेको र जनसम्बन्ध बढेको छ । नगरपालिकाले गोदावरी पर्यटकीय क्षेत्र हुनुले विकासको संभावना रहेको र जनस्तरको जीवनस्तर उठ्दै गएको रूपमा लिएको देखिन्छ ।
वातावरण विदहरूले यस क्षेत्रको जडीबुटीको उचित संरक्षण गरी औषधीको उत्पादन बढाउन, ऐतिहासिक महत्व भएका धार्मिक स्थलको उचित संरक्षण र सम्बद्र्धन गर्न, वातावरणीय अनुसन्धान केन्द्रको रूपमा विकास गर्न तथा काठमाडौं उपत्यकाको दृश्यावलोकन क्षेत्रको रूपमा विकास गर्न जोड दिएको पाइन्छ । यसरी विकास हुन गयो भने यहा पर्या–पर्यटनकै कारण विद्यमान वेरोजगारी हटाउन र प्रशस्तै देशी विदेशी पर्यटकबाट आय आर्जन गर्न सकिने देखिन्छ ।
आन्तरिक र वाह्य पर्यटकको चहलपहलका आधारमा समाज र संस्कृति बन्न जान्छ । यसले गर्दा साास्कृतिक रूपमान्तरण हुने क्रम विश्वभर बढिरहेको पाइन्छ । हरेकले नयाा नयाा प्रभाव छोड्दै जाने भएकाले त्यसले आधुनिकता पछ्याउने, पुराना मुल्य मान्यता छोड्ने क्रम बढ्छ । विश्वब्यापीकरण, उदारकिरण र निजकिरणले गर्दा साास्कृतिक मुल्य र मान्यता फरक परिरहेका छन् । यसले एकातिर सकारात्मक प्रभाव छोडेका छन् । यस्ता प्रभावको रूपमा आर्थिक स्तर उठाउन, सम्बन्ध बढाउन, विकास गतिविधि अगाडि बढाउन र मनोरञ्जन गर्न पाएको अवसरलाई उल्लेख गर्न सकिन्छ । यस्तै नकारात्मक प्रभावको रूपमा पश्चिमा छाडा संस्कृति बढ्दैछ । मान्छेहरू स्वार्थी भएर ब्यतिmवादी बन्न थालेका छन् । मानवीय सहयोग समेत ब्यापारको विषय बन्न गएको छ । गोदावरीका क्षेत्री, नेवार, तामाङ, दमाई, पहरी लगायतको सामाजिक मान्यतामा बाह्य जीवनशैलीले यो वा त्यो रूपमा प्रभाव पार्दै जाादा पुरानो जीवनशैली भत्कदै गएको छ । विशेषगरी बसाई सराईले गर्दा ठैव, मान्धाराको जीवनशैलीमा प्रत्यक्ष प्रभाव परेको पाइन्छ । यद्यपि बाह््य संस्कृतिबाट बच्न स्थानीय बाजा, संस्कृतिक संरक्षण गर्न थालिएको देखिन्छ ।
गोदावरी क्षेत्रलाई पर्या–पर्यटक क्षेत्रको रूपमा जनस्तरमा घोषणा भएपछि जनतामा पर्यटनका बारेमा आकर्षण बढेको पाइन्छ । कोटडााडा, चापाखर्क र लामाचौरमा भ्यूटावरको निर्माण गर्न सके सिंगो उपत्यका, काभ्रेको बनेपा, पनौती तथा हिमालदेखि तराईसम्म अवलोकन गर्न सकिनेछ । विशंखुनारायण मन्दिर हुादै कोटडााडासम्म पुगेको वाटो विस्तार गरी महालक्ष्मी नगरपालिकाको लाकुरे भञ्ज्याङ्गसम्मको ३ किमि सडक खुले यातायातमा सहजता आउने छ । कोटडााडा, लाकुरे भञ्ज्याङ्ग, चापाखर्क लगायत काभ्रेको खानी गाविस, फूल्चोकी, कोड्कु भञ्ज्याङ्ग हुदै ग्वालीन्दहसम्म साइकल मार्ग निर्माण भएमा पर्यटकको आर्कषक गन्तब्य बन्ने सक्ने देखिएको छ ।
गोदावरी क्षेत्रको बनस्पति उद्यानदेखि चापाखर्कस्थित प्याराग्लाइडिङ्ग जोनसम्म जाने वाटोको मोडहरू सुधार गरी चापाखर्कदेखि मानेदोभानसम्मको वाटो विस्तार भए पर्यटकहरूलाई सहजता मिल्नेछ । विश्व सम्पदा सूचीमा समेत सुचिकृत भएको गोदावरी क्षेत्र संरक्षण गरी गोदावरी कुण्ड, नौ धारा लगायत महत्वपूर्ण मठमन्दिर तथा ऐतिहासिक गौतम ऋषिको कुटीदेखि चन्द्र शमशेरको हरियो दरवारसम्मको उचित संरक्षण, प्रवद्र्घन गर्न आवश्यक छ । नेपालको जैविक विविधतामा धनी मानिएको यस क्षेत्रमा विभिन्न दुर्लभ तथा आकर्षक पाक्षीहरू अवलोकन गर्न सकिने भएकाले गोदावरीबारे यथेष्ट जानकारी दिने सूचना केन्द्र स्थापना आवश्यक भइसकेको पाइन्छ । गोदावरी क्षेत्रलाई उपत्यकाको पर्या–पर्यटनको रूपमा विकास गर्न स्थानीय रूपमा चर्चामा रहेको प्याराग्लाइडिङ र गोदावरी–फुल्चोकी केवुलकार सञ्चालन गर्न सकेमा उपत्यकाको प्रमुख गन्तब्य स्थल बन्ने पक्का छ ।

















