चन्द्रप्रकाश वानियाा
पूर्ववर्ती सरकारले कतै बिगारेर छोडेको सम्बन्ध सुधारका लागि तत्काल पहल थाल्नुपर्ने वाध्यता र कतै थालनी गरेका सकारात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्ने कारणको वाध्यात्मक उपज एकैसाथ सम्पन्न भएको विशेषदूतहरूको भ्रमण होला भनेर अनुमान गर्न सकिन्छ । समृद्धिको क्षितिज उघ्रने काकाकुल आशामा प्रतीक्षारत मुलुकबासीलाई आश्वासनको “ख्याली पुलाउ” पस्कने काम पूर्व प्रधानमन्त्री ओलीले आवश्यकताभन्दा बढी नै गरिसकेका हुनाले उनलाई प्रतिस्थापित गर्ने जोकसैसाग थप आश्वासनका “हवाई सपना” का कथा सुनाउने अवसर थिएन । स्वभावत: प्रचण्डलाई पनि छैन । देशहित र जनकल्याणका केही कामहरू गरेर देखाउनै पर्ने वाध्यता थियो । अवश्य, मुलुकको विकासनिर्माण अरु कसैले गरिदिने विषय होइन, आफै गर्नुपर्छ, नेपालीहरूले आफ्नै
बुतामा गर्नुपर्छ ।
प्रधानमन्त्रीका विशेष दूतको रूपमा दुईजना उपप्रधानमन्त्रीहरूको उत्तर र दक्षिण यात्राको समापन भैसकेको छ । दूतहरूले आफ्नो जिम्मेवारी पूरा गर्नमा अपेक्षित सफलता पाए वा पाएनन् भन्ने कुरा समयले बताउने छ । दूतहरूको आदानप्रदान राज्यको जीवनमा अनिवार्य र स्वाभाविक रूपमा मञ्चन हुने घटनाहरू हुन् । हामी नेपालीहरू भने आवश्यकताभन्दा बढी जिज्ञासु र शंकालु छौं । स्वभावत: दूतहरूका भ्रमणलाई पनि आलोचनात्मक दृष्टिले हेरिदिन्छौं, शंकाको तराजुमा जोख्न रुचाउाछौं । त्यसैले दूतहरूको यसपटकको दौडाहा आलोचनाको घेराबाट मुक्त हुनसक्ने कुरै भएन । खास गरेर, भारतीय प्रधानमन्त्रीसमक्ष विशेषदूतमार्फत बुझाइएको भनिएको लिखतले निकै चर्चा पाएको छ , निन्दा आलोचनाको विषय बनेको छ । कान्तिपुर दैनिकले सम्पादकीय नै लेख्यो । एकदिनका लागि भए पनि एमालेले सदनलाई जुरुक्क उचाल्ने विषय त्यसैलाई बनायो । कैयौ मानिसहरूले त एकैसाथ दुई छिमेकमा उच्चस्तरीय विशेष दूत पठाउनु नै गलत भो भनेर पैरवी गरेको देख्न, सुन्न र पढ्न पाइयो । मानिसहरूले किन राजनीतिक दल र नेताहरूका विषयमा फरक मापदण्ड बनाउाछन् होला ? उस्तै प्रकृतिका घटनावलीको विश्लेषणमा आग्रह प्रदर्शन गर्न किञ्चित धक नमान्ने समाजको आदत नै बनिसकेको छ । एमाले एउटा राजनीतिक दल हो । त्यो पनि यतिबेला प्रतिपक्षमा छ । अस्ति भर्खर सत्ताबाट वेदखल हुनुपरेको घाउ आलै छ, कुण्ठा छ, आवेग छ, द्वेषभाव छ , प्रतिशोध पनि होला । उसले धेरथोर आग्रह राख्नु अस्वाभाविक नमानिएला । ३/३ पटकसम्म अनेक निहुामा तत्कालीन परराष्ट्रमन्त्री कमल थापालाई ४ बुादे प्रतिबद्धतापत्र थमाएर दिल्ली दरबारमा हाजिर गराएको कुरा नविर्सिहालेको भए पनि ढाकछोप गर्नु स्वभाविक मानिएला । तत्कालीन अर्थमन्त्री पौडल र नेता प्रदीप ज्ञवालीलाई दिल्ली दौडाएको कुरा बिर्सेको नौटङ्की गर्न सुहाउला । पौडेल र ज्ञवालीहरूको दिल्ली मन्त्रणा आकस्मिक थियो, उनीहरू विना एजेण्डा त्यता गएका थिए भने पनि अरु कसैले होइन भनेर यतिबेला जिरह गर्ने कुरा आउादैन । विष्णु पौडेल पितृतर्पणका लागि काशी गयातिरको यात्रामा निस्केका थिए भने पनि भो । ज्ञवाली ताजमहल अवलोकनका लागि आग्रा भ्रमणको सन्दर्भमा दिल्ली छिरेका हुन भने पनि भो । तर देशको दोश्रो राज्यको हैसियत आर्जन गरेको भन्न मिल्ने कान्तिपुरजस्तो मिडियाले कमल थापाका चार बुादा बिर्सनु तर उस्तै प्रकृतिका निधिका ४ बुादामा राष्ट्रघातको छनक देख्नु निष्पक्ष पत्राकारीताको धर्ममाथि प्रश्न उठ्ने विषय होइन भन्न मिल्दैन ।
मानिस परिस्थितिको दास हुन्छ भनिन्छ । वास्तवमा भर्ती भएको दुई हप्ता पनि नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई उत्तरदक्षिण दुबै दिशातिर एकसाथ उपप्रधानमन्त्रीहरूलाई विशेषदूत बनाएर पठाउनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरिदिएको निवर्तमान सरकारले नै हो । निवर्तमान प्रधानमन्त्री ओलीले नै त्यस्तो वातावरण छोडेर गएका हुन् भन्न सकिन्छ । उनका पालामा भारतसंगको परम्परागत द्विपक्षीय सम्बन्ध चिसिएको थियो भन्नका लागि कुनै प्रमाण दिइरहनुपर्ने आवश्यकता छैन । नेपालीहरूलाई मात्र होइन, सारा विश्व समक्ष जाहेर भैसकेको विषय हो त्यो । ४/४ महिना लामो नाकावन्दी लाग्यो । रोइकराई गरेर लिइएको भ्रमणको निम्तोको समापन अपमानजनक रहेको कुरा पनि तीतो यथार्थ हो । भ्रमणको अन्तमा संयुक्त विज्ञप्ति जारीगर्ने औपचारिकता समेत पालना नभएकै हो । नाकावन्दी उठेपछि सम्पन्न भएको मैत्रीपूर्ण भ्रमणयताका ६/८ महिनाभरका हाम्रा तत्कालीन प्रधानमन्त्रीका दिनहरू हरेक मञ्चबाट भारतप्रति लक्षित कटाक्ष र तिक्त वाणीहरू निरन्तर सार्वजनिक गरेरै बित्नुले पनि द्विपक्षीय सम्बन्धमा उत्पन्न चिसोपनको खुलासा गर्ने गरेकै हृुन । लाज मानेर काज चल्दैन भनिन्छ । दुर्भाग्यपूर्ण यथार्थ के रहेको छ भने नेपालको अर्थतन्त्र भारतनिर्भर छ । नेपालीहरूका चुला बल्नेदेखि आात भरिने आधार भारत नै हो । ओलीसरकारको अडानले त्यो बस्तुसत्यमा राइरत्ति सुधार गर्न सकेको होइन । बरु जनजीवनलाई थप कष्टकर र असहज बनाएको हो । “जसको विवाह, उसैलाई नल्या !” भनेजस्तो जुन छिमेकीको सहयोग मात्र होइन दयाविना मुलक चल्दैन, उसैसाग जोरीखोज्नु दु:खबेसाउने मेलो हो भन्ने सामान्य ज्ञानविहीन मानिसहरूको हातमा सत्ताको लगाम रहनुभन्दा ठूलो दुर्भाग्यको विषय अरु केही हुदैन भन्ने कुरा ओलीको शासनकालमा राम्रोसाग प्रमाणित भएको हो । द्विदेशीय सम्बन्धलाई यथास्थितिमा राखरिहनु मुलुकको हितमा थिएन । सम्बन्धमा तत्काल सुधारको आवश्यकता थियो । त्यही सन्दर्भमा भएको दूतहरूको दौडाहलाई अन्यथा अर्थमा लिनु तर्कसंगत व्यवहार हो भन्न मिल्दैन ।
भारतले आफूलाई असल छिमेकीको रूपमा प्रमाणित गर्न सकेको छैन । नेपालसागको सम्बन्धको कुरा मात्रै होइन, दक्षिण एसियाका अन्य छिमेकीहरूसाग पनि सुमधुर सम्बन्ध कायम भएको देखिदैन । पाकिस्तानले त भारतसाग पौठेजोरी खेल्ने सामरिक र्हैसियत आर्जन गरेको छ । अपेक्षाकृत कमजोर मानिने बंगालदेश र श्रीलङ्काहरूभन्दा पनि भारतीय हैकम र मिचाहा प्रवृत्तिको डहनमा पिल्सनुपर्ने अवस्थामा पुर्याउने थप एउटा अर्को कारण नेपालको आफ्नै भूपरिवेष्टित अवस्थिति पनि रहेको छ । त्यसमाथि थप दर्जनौं ठाउाहरूमा सिमा अतिक्रमित भएको छ । कालापनीमा त चारदशकदेखि निरन्तर भारतीय सैनिक अखाडा नै रहेको छ । आफ्नो भूसिमाले छुदै नछुने लिपुलेकलाई द्विदेशीय व्यापारनाका बनाउने सम्झौता चीनसाग गरेको छ । अन्तराष्ट्रिय कानुन र अभ्यास विपरित दशगजा क्षेत्रसाग सटाएर एकपक्षीरूपमा निर्माण गरिएका पुल, बााध र सडकजस्ता भौतिक संरचनाहरूका कारणले नेपालका दर्जनौं गाउा र सयौं विघा उब्जाउ भूमि डुवानमा परेका छन् । सिमा सुरक्षाबलका अनाधिकार सिमा अतिक्रमण (प्रवेश)का घटानाहरूको गणना नै हुन छोडिसकेको छ । तर एउटा यथार्थ के रहेको छ भने आफूलाई खााट्टी राष्ट्रवादी भनेर चिनाउन रुचाउने निवर्तमान प्रधानमन्त्रीले नौ महिनालामो शासनावधिमा उल्लेखित विषयहरूमा बिर्सेर पनि एउटा शब्दसम्म उच्चारण गरेको नेपाली जनताले सुन्न पाएका होइनन् । दशकौंदेखि हुदै आएको अन्याय, अनाधिकार हस्तक्षेप र मिचाहा प्रवृत्ति देख्दै नदेख्ने मनुवाले आफ्नै मुलुक र मुलुकका बासिन्दाहरूको हित र चाहनाविपरित लिएको अदूरदर्शी अडानलाई राष्ट्रवादी ठानिदिने मुर्खता मुलुकको बुद्धिजीविवर्ग र सञ्चारमान्यध्यमहरूले देखाउनुभन्दा ठूलो विडम्बना अरु के हुन सक्छ र ?
पूर्ववर्ती सरकारले कतै बिगारेर छोडेको सम्बन्ध सुधारका लागि तत्काल पहल थाल्नुपर्ने वाध्यता र कतै थालनी गरेका सकारात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्ने कारणको वाध्यात्मक उपज एकैसाथ सम्पन्न भएको विशेषदूतहरूको भ्रमण होला भनेर अनुमान गर्न सकिन्छ । समृद्धिको क्षितिज उघ्रने काकाकुल आशामा प्रतीक्षारत मुलुकबासीलाई आश्वासनको “ख्याली पुलाउ” पस्कने काम पूर्व प्रधानमन्त्री ओलीले आवश्यकताभन्दा बढी नै गरिसकेका हुनाले उनलाई प्रतिस्थापित गर्ने जोकसैसाग थप आश्वासनका “हवाई सपना” का कथा सुनाउने अवसर थिएन । स्वभावत: प्रचण्डलाई पनि छैन । देशहित र जनकल्याणका केही कामहरू गरेर देखाउनै पर्ने वाध्यता थियो । अवश्य, मुलुकको विकासनिर्माण अरु कसैले गरिदिने विषय होइन, आफै गर्नुपर्छ, नेपालीहरूले आफ्नै बुतामा गर्नुपर्छ । नेपाल सधै यस्तै पिछडिएको अविकसित अवस्थामा रहन्छ भन्ने पनि होइन । तर तत्काल जनताका आाखामा पर्नेगरी काम गर्न आफ्नो आमद हैसियतले नभ्याउने कुरा पनि ध्रुवसत्य तथ्य हो । आर्थिक विकास र वैज्ञानिक/प्राविधिक उन्नतिका हिसाबले देशको हैसियत वर्षदिन पनि नपुगेको बालकको जस्तो छ । आफ्नो खुट्टामा उभिएर ठमठमाएर हिड्नका लागि बाबुआमा वा अरु कसैको औलाको सहारा लिनै पर्छ । अविभावकको औलौ समातेर लडखडाउदै हिड्ने वालक सदाकालका लागि बालकै भएर रहादैन । एकदिन आफ्नै खुट्टा उभिने मात्रै होइन, समयसाग कदम मिलाएर दौडन तयार हुन्छ नै । हो, नेपालको स्थिति पनि उत्तरदक्षिण दुबै छिमेकीको सहारा लिएर विकासपथमा लडखडाउदै गरेका आफ्ना कदमहरूलाई लक्षतिर डोर्याउनुपर्ने आवश्यकताको बुझाईले विशेषदूतहरूको यात्रा जुराइएको होला भनेर बुझदिनु उपयुक्त हुनेछ भन्नु बढ्ता नहोला कि ?















