१७ महिनासम्म गर्भवती हुने महिला

165

बेइजिङ – सुन्दा अचम्म लाग्न सक्छ, एउटी महिला १७ महिनासम्म गर्भवती भइन् भन्दा तर यो कुरा सत्य हो । चीनको हुनान प्रान्तमा रहेको तायनपिङ शहरकी एक महिलाले आफू १७ महिनासम्म गर्भवती भएको दावी गरेकी छिन् । उनको दावी प्रमाणित भए उनले नयाा विश्व किर्तिमान कायम गर्ने छिन् ।

वाङ शी नाम गरेकी ती महिलाले गरेको दावीअनुसार उनले गत वर्षको नोभेम्बर महिनामा बच्चा जन्माउनुपर्नेमा उनले केही दिन दिनअघि १८ अगस्टमा मात्र आफ्नो बच्चालाई जन्म दिएकी हुन् । बच्चाको गर्भनाल पूर्णरूपमा विकसित नभएको कारण यस्तो भएको उनले बताएकी छिन् । स्थानीय मिडियाका अनुसार, शी फेब्रुअरी २०१५ मा गर्भवती भएकी थिइन् । गर्भवती भएको ९ महिनापछि डेलिभरीका लागि अस्पताल पुग्दा डाक्टरहरूले उनको गर्भनाल पूर्णरूपमा विकसित नभएको भन्दै अझै केही समय पर्खनुपर्ने बताएका थिए । मेडिकल शब्दावलीमा यसलाई ‘प्लासेन्टा प्रेभिया’ भनिन्छ । यो २ सय गर्भवती महिलामध्ये एक जनामा देखिने गर्छ । डाक्टरहरूको जवाफपछि शी दम्पत्ति हरेक हप्ताजसो अस्पताल धाउाथे तर जवाफ त्यही नै पाउाथे ।

गर्भवती भएको १४ औं महिनामा उनले फेरि बच्चा पाउनका लागि डाक्टरहरूलाई आग्रह गरिन् तर यसपटक भ्रुण विकसित नभएको भन्दै डाक्टरहरूले अपरेशन गर्न नमिल्ने बताए । अन्तत: उनले अगष्ट १८ मा ३.८ केजी तौल भएको बच्चालाई जन्म दिएको सिसिटिभी न्युजले जनाएको छ ।

पिपल्स डेलीका अनुसार, सन् १९४५ मा अमेरिकी महिला बेलुआ हन्टरले ३ सय ४५ दिनसम्म गर्भवती अवस्थामा रहेर किर्तिमान बनाएकी थिइन् । यता शी भने ५ सय १७ दिनसम्म गर्भवती भएकी छिन् । उनको यो दावी प्रमाणित भए उनले नयाा विश्व किर्तिमान कायम गर्ने छिन् तर, विभिन्न डाक्टरहरूले उनको यो दावीलाई झुठो बताउादै प्रमाणहरू अध्ययन गरिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here