दीपक गिरी, सिाचाइमन्त्री
अहिले किसानहरू खडेरीको मारमा परेका छन्, तपाई उहााहरूको समस्या समाधान गर्न के कार्यक्रम ल्याउादै हुनुहुन्छ ?
भर्खरैमात्र म मन्त्री भएर आएको छु । मन्त्रालयमा के कस्ता योजना छन् र कसरी काम गर्न सकिन्छ भनेर अध्ययन गर्दैछु । अहिले कतै बाढीको समस्या छ , कहीा पहिरोको समस्या छ , कहीा खडेरीको समस्या छ । यी सबैलाई कसरी ‘म्यानेज’ गर्ने भनेर म लागिपरेको छु । योभन्दा पहिले बााके, बर्दिया, सुर्खेतलगायतका विभिन्न भागहरूमा गएका बाढीहरूलाई व्यवस्थित गर्नुपर्ने दायित्व मेरो छ । निश्चित रूपमा यी सबै समस्याहरूलाई छिटोभन्दा छिटो समाप्त पार्ने प्रयास गर्ने छु । तथापि सिंचाइको अभाव नै किसानहरुको मुख्य समस्या हो भन्ने मलाई लाग्दछ ।
खडेरीका कारण मधेश, मध्यपहाडलगायतमा किसानहरू अहिले मारमा परेका छन्, उहााहरूको लागि के गर्नुहुन्छ ?
उहााहरूको समस्या समाधान गर्ने कुरामा म निकै गम्भीर छु । आकस्मिक कामहरू पनि म त्यही ढंगले गर्नेछु । मैले पदभार गरेलगत्तै मातहतका कर्मचारीहरूलाई इमर्जेन्सी कामहरू के–के छन् ल्याउनुहोस् भनेर निर्देशन दिईसकेको छु । नेपालमा कहीा बाढीपहिरोले क्षति गरेको छ । कतै खडेरीले समस्या भएको छ । तर कतै पानी धेरै भएर समस्या भएको छ । त्यसैले यावत समस्याहरू छन् ।यसलाई वैज्ञानिक रूपमा कसरी हल गर्ने भन्नेमा अब हामी लाग्छौं । कृषकहरूलाई राहत दिने कुरामा मन्त्रालय सधैं गम्भीर छ र मेरो तर्फबाट जे जति गर्न सकिन्छ त्यसमा कुनै कमी आउने छैन ।
किसानहरूले अब सिाचाइकोसुविधा पाउाछन् त ?
मैले नयाा जिम्मेवारी सम्हालेकाले अहिले नै सबै कुरा तत्काल गरिहाल्छु भन्ने कुरा पनि त्यति व्यावहारिक भएन । तर मेरो तर्फबाट सम्भव भएसम्म देशमा सिंचाइको क्षेत्रमा भएका समस्याको निकास गर्नेतिर पहल गर्ने छु । समग्रमा मुलुकको हितमा कसरी काम गर्न सकिन्छ भनेर मैले सोचिरहेका छु । हामी हतारमा होइन धैर्य गरेर सबै समस्याको खोजी र कारबाहीका लागि सम्पूर्ण संयन्त्रलाई परिचालन गर्नेतर्फ लाग्नुपर्छ ।
उसो भए अब द्रुतगतिमा सिाचाई अभियान अघि बढछ् भन्न सकिन्छ ?
निश्चित रूपमा ।अब सबैको साथ र सहयोग अनुसार हामी यो अभियानमा होमिनुपर्छ । एउटा कुरा त किसानहरूलाई कसरी आधुनिक वैज्ञानिक तरिका अपनाउने भन्नेबारेमा विशेष प्याकेज ल्याउने र सोही अनुसार किसानलाई पनि जागरुक गराउने काम गर्नुपर्ने दायित्व छ ।
संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारले अहिले के गर्दैछ ?
संविधान संशोधन गर्नुपर्ने कुरा मुलुकको लागि अत्यन्तै संवेदनशील मुद्दा हो । यसको बारेमा राजनीतिक दलहरूले बेलैमा सोचेनन् भने निकै गम्भीर परिस्थिति उत्पन्न हुनेछ । मैले त पहिलेदेखि नै स्पष्टका साथ भन्ने गरेको छु कि संविधान संशोधन गर्ने कुरामा शीर्ष नेताहरूले विशेष ध्यान दिनुपर्छ । संविधान कार्यान्वयनको लागि सबैलाई एकमतका साथ लिएर हिाड्नु जरुरी छ । संविधान हामी सबैले मिलेर बनाएको हुनाले कार्यान्वयनमा पनि कसैलाई बाहिर राख्नु राम्रो हुादैन । मधेशी मोर्चा मात्रै होइन अरु कसैमा पनि संविधानप्रति असन्तुष्टि छ भने उहााहरूको माग सम्बोधन गर्ने कुरामा कुन बुादामा संशोधन गर्नुपर्ने हो ? सबै राजनीतिक दलहरू एक ठाउामा उभिएर समाधानको उपाय निकाल्नुपर्छ । माग सम्बोधन गर्न सक्ने कुराहरू जतिसक्दो चााडो नै टुंंग्याउनुपर्छ र असम्भव विषयहरूलाई यो कारणले हुन सक्दैन भनेर प्रष्ट पारिदिनुपर्छ । ।
सीमांकनको कुरामा यहााहरू कतिसम्म लचिलो बन्न सक्नुहुन्छ ? पार्टीको बटमलाइन के हो ?
लचिलो भनेको के हो ? र कडा भनेको के हो ? मधेशका नेताहरूले पनि हिमाललाई माया गर्नुहुन्छ । हिमालका नेताहरूले पनि मधेशका जनतालाई माया गर्नुहुन्छ । मुलुक र लोकतन्त्रको लागि लडेको पार्टी हो कांग्रेस । त्यसैले हामी साधै लचिलो छौं । कसैलाई पनि पाखा लगाएर वा बेवास्ता गरेर एक्लै अघि बढ्नुपर्छ भन्ने पक्षमा कांग्रेस र सरकार कोही पनि छैन । राष्ट्रको हित के गर्दा हुन्छ, त्यसमा सबै सहमत हुनुपर्छ ।
तर तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले त सम्झौता गर्नुभएको थियो नि ? मधेशी मोर्चाका नेताहरूले अहिले पनि सम्झौता पूरा भएन भनेर भनिरहेका छन् ?
विगतमा भएका राम्रा र देशका पक्षमा भएका सम्झौता जसले गरेका भए पनि मान्नुपर्छ तर माग्ने नाममा जेसुकै माग राखिएका छन् वा थिए भनें त्यसलाई सोच्नैपर्छ । राष्ट्रको हितमा छैन भने विगतमा गरिएका सम्झौता पनि सच्याउनुपर्छ । सम्झौता पूरा भयो या भएन भन्नु भन्दा पनि हिजोका दिनमा बन्द कोठाभित्र कुनै पनि विज्ञसाग सरसल्लाह नै नगरी कतिपय सम्झौता भएका छन्, त्यसले दीर्घकालीन रूपमा के असर गर्छ भन्ने सोच्नुपर्दछ । यदि त्यही सम्झौताले मधेशलाई पनि घाटा भएको छ भने त्यसलाई पनि सुधार गर्नुपर्छ । म पनि मधेशकै छोरो हुा त्यसैले बसेर छलफल गरौं । मेरो अनुरोध छ । मधेशको हितमा हुने काम छ भने छिटोभन्दा छिटो टुंगो लगाउनुपर्छ, त्यसमा कसैले पनि ढिलो गर्नु हुादैन ।
– प्रस्तुति ऋषि धमला


















