हराएको सामानभन्दा महंगो पुरस्कार भन्ने कुरा पत्याउन कठिन हुन्छ । सामान्य अवस्थामा यो सम्भव पनि छैन तर न्युयोर्कका एक अर्बपतिले आइसक्रिम चोर पत्ता लगाउनेका लागि ५ हजार डलर पुरस्कारको घोषणा गरेका छन् । उनी मेयरमा चुनाव लडिसकेका व्यक्ति हुन् । जोन क्याट्समतिदिस किराना सामानको कारोबारका लागि निकै चर्चित नाम हो । आफ्नो ट्विटरमार्फत जोनले पुरस्कारको घोषणा गरेका हुन् ।
जोनका अनुसार, चोरहरूले उनको होलसेल दोकानबाट आइसक्रिमका कार्टुन चोरेर लैजान्छन् र त्यसलाई साना–साना पसलमा लगेर बेच्दछन् । त्यस्ता साना पसललाई बोदगास भनिन्छ । पुलिसका अनुसार अहिलेसम्म आइसक्रिमको कार्टुन चोरी भएका विभिन्न अढाइ सय उजुरी परिसकेका छन् । यस मामिलामा १ सय ३० जना पक्राउ परिसकेका छन् । ग्रिसटेड्स सुपरमार्केटका मालिक जोनका अनुसार यी चोरहरूले न्युयोर्कका सुपरमार्केट ध्वस्त पारिरहेका छन् । यस्ता चोरहरूलाई बोदगासले उक्साउने गरेका छन् ।
यो हप्ता उनको सुपरमार्केटबाट आइसक्रिम चोर्ने कोसिस भयो । चोरको त्यो कर्तुत क्यामरामा कैद भयो । एक पुरुष र एक महिला चोरले आइसक्रिमका ४० डिब्बा आफ्नो थैलीमा हालेर पसलबाट भागे । तर जब ती आइसक्रिम चोरलाई पसलका कर्मचारीहरूले लखेटे तब उनीहरू आइसक्रिम सबै बाटोमै छाडेर सुइाकुच्चा ठोके ।


















