बिरामीको पेटभित्र चालीस चक्कु !

248

नेपालमा पनि बिरामीको पेटबाट अनेक सामानहरू निकालिएको सुनेका छौं, कहिले धागो त कहिले के । त्यस्तै पााच घण्टाको शल्यक्रियापश्चात् भारतमा एक बिरामीको पेटबाट ४० वटा चक्कु निकालिएको छ । सुरजित सिंहको पेटबाट ती चक्कु निकालिएको हो । उनले विगत दुई महिनादेखि चक्कु निल्दै आएका थिए । चिकित्सकको टोलीले शुक्रबार भारतको पञ्जाबमा अवस्थित अमृतसहरमा उक्त शल्यक्रिया सम्पन्न गरेको थियो । शल्यक्रियाका दौरान चिकित्सकले पेटभित्र विभिन्न आकारका चक्कु फेला पारेका थिए । दुई बच्चाका पिता ४२ वर्षीय सुरजितले शल्यक्रियापश्चात् स्वस्थ महसुस गर्न थालेको जनाएका छन् । उनले फलाम खाने इच्छा भएको जनाएका छन् ।
चिकित्सकका अनुसार सुरजित अहिले खतरामुक्त छन् । मनोचिकित्सकको सुझावविना अस्पतालबाट पठाउन नसकिने उनलाई केही दिनमा परामर्श गराई घर पठाउने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here