राष्ट्रियताको सवालमा माओवादी केन्द्रमा बादलको अवस्था

173
हुकुमबहादुर सिंह

प्रधानमन्त्री प्रचण्डको आगामी दिल्ली भ्रमणसागै राष्ट्रियताको सवालमा उनको कठिन परीक्षा मात्रै सुरु भएको छैन, समग्र माओवादी केन्द्रको राष्ट्रियताको सवाल अब केवल इतिहासको व्याज खाने एउटा साधन बन्ने त होइन भन्ने प्रश्न उठेको छ । उनीहरूका नेताहरू एमालेले उठाएको राष्ट्रियताविरुद्ध माओवादी केन्द्रको सम्भावित आत्मसमर्पणलाई लिएर भनेका कुराको प्रतिवाद गर्दै भन्दैछन्– ‘हाम्रो पार्टीले भारतसित लड्न भनेर हजारांै सुरुङहरू खन्यो, यति छिट्टै भारतसित कसरी आत्मसमर्पण गर्ने छ भनेर एमालेले सोच्न र भन्न सकेको होला ?

तर माओवादी केन्द्रभित्रकै प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’, जसलाई नेकपा (क्रान्तिकारी माओवादी)ले प्रचण्डको नवसंशोधनवादको पुच्छर प्रवृत्ति बोकेका एकजना नेता भनेर संश्लेषण गरेको छ । उनले देश अहिले बाह्य हस्तक्षेपको दलदलमा फसेको र विदेशी दलालले सिधै आफै नआई देशभित्रैबाट दलाल खडा गरेर नेपालजस्तै विकासोन्मुख देशहरूमा शासनसत्ता चलाउांदै आइरहेको भन्दै त्यस्ता दलालहरूलाई परास्त गर्नुको विकल्प पार्टीसाग नरहेको जनाएका छन् । उनको उक्त भनाइ कोप्रति लक्षित छ ? त्यस्ता दलालहरूलाई परास्त गर्नुको विकल्प पार्टीसाग नरहेको जनाएर उनले के भन्न खोजेका हुन् ? र कसलाई संकेत गरेका हुन् ? स्पष्ट पार्न सकेका छ्रैनन् वा चाहेका छैनन् । किनभने उनी प्रचण्डका विरुद्ध सिधै त्यसो भन्ने क्षमता राख्दा रहेनछन् भनेर स्वयं उनका नजिकका नेताहरू अहिले भन्दैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपाली कांग्रेससित मिलेर सरकार बनाएको वर्तमान अवस्थामा उनको दृष्टिमा देशभित्रैबाट दलालहरू खडा गरेर शासनसत्ता चलाउादै छन् भनेर कसलाई भन्न खोजेको हो ? जबकि नेपाली कांग्रेस, जसलाई उनी र उनको पार्टीले दलाल पुाजीपति तथा नोकरशाही वर्गको प्रतिनिधित्व गर्ने नेपालको प्रमुख राजनीतिक दल भनेको छ । उसकै वैशाखीमा अडेस लागेर बनेको सरकारको नेतृत्व गर्ने प्रचण्डलाई उनले के भन्दैछन् ? गोलमटोल उत्तर दिने प्रयास गर्दै त छैनन् ? गम्भीर प्रश्न उठेको छ ।

यो सही हो देश अहिले मात्र नभई लामो समयदेखि बाह्य हस्तक्षेपको दलदलमा फसेको छ । यो पनि त्यत्तिकै सही हो साम्राज्यवाद नेपालको सन्दर्भमा भारतीय विस्तारवादले नेपालभित्रैबाट विभिन्न खालका दलालहरू खडा गरेर नेपालमा शासनसत्ता चलाउांदै आइरहेको छ । राजाका पालामा सिधै राजामार्फत र उनीसित नजिकमा रहेर काम गरिरहेका सूर्यबहादुर थापाजस्ता व्यक्तिहरूलाई उपयोग गरेर, २०४७ को परिवर्तनपछि नेपाली कांग्रेसभित्रका उसका भरौटेहरूलाई परिचालन गरेर र २०५२ पछि नेपालका कम्युनिष्टहरूभित्रका खासगरी तत्कालीन एमालेभित्रका केहीलाई उपयोग गरेर उनीहरूमार्फत नेपालमा शासनसत्ता सञ्चालन गर्दै आएको जगजाहेर छ । पछि गएर माओवादीभित्रबाट बाबुराम पक्षधरहरूलाई काफी मात्रामा उपयोग गरेको इतिहास पाइन्छ र अहिले आएर पछिल्लो कडीका रूपमा नेपालको संविधान २०७२ को कार्यान्वयनको जिम्मेवारी दिल्लीले अब प्रचण्ड नेतृत्वको सरकारलाई दिन सफल भएको छ । दिल्ली चाहन्छ, संविधान कार्यान्वयनको अर्थ नेपाललाई भूटानको दर्जा दिने हो । नेपाललाई भूटान बनाउन उसले अहिले माओवादी आन्दोलनका नायक प्रचण्डलाई रोजेको छ । मधेसी मोर्चाभित्र केही भारतीय दलालहरूले प्रचण्डलाई आफ्ना माग सम्बोधन गर्ने भनेर अगाडि सारेका छन् । तथापि परिणाम नआउादासम्म यो निष्कर्षमा पुगिहाल्न त्यति उपयुक्त नहोला ।

प्रचण्ड, जो संविधानको घोषणा गर्ने समयमा तुलनात्मक रूपले जे जस्तो राष्ट्रवादी र स्वतन्त्र पहिचान बनाउन सफल भए । प्रचण्डले ओलीलाई अगाडि सारेपछि सिधै मोदीसित टक्कर लिएको मानिसले सोंचेका थिए । विगतमा प्रचण्डकै पहलकदमीमा झलनाथ खनाल र केपी ओलीको सरकार दिल्लीको आशिर्वादबिना बनेको इतिहास नभएको होइन । तर अहिले उनी जे जसरी सरकारमा आएका छन्, त्यसले उनको त्यो राष्ट्रवादी छविमा खिया लाग्न थालेको महसुस हुन थालेको छ । भविष्यमा उनले गर्ने भारतको भ्रमणले यसलाई झन् उठ्नै नसक्ने गरी रसातलमा पुर्‍याउने हो वा उनले दिल्ली गएर नेपाल र नेपालीको हितमा अडान लिने हुन् ? त्यो भन्न सकिने अवस्था छैन । किनभने नेपाली कांग्रेस जो भारतको हितमा काम गर्ने इतिहास बोकेको पार्टी हो, यो प्रचण्डको बलियो हिस्सेदार बनेको छ । यस्तो अवस्थामा उक्त पार्टीभित्रका प्रभावशाली नेता बादलले माओवादी केन्द्र राष्ट्रियताबारे लड्ने वा आत्मसमर्पण गर्ने विन्दुमा छ भनेर पार्टीभित्रका प्रचण्डलगायत अन्य केही नेताहरूको सोच र प्रवृतिलाई जनताका अगाडि ल्याएर राम्रो काम त गरेका छन् । यसले उक्त पार्टीभित्रको गाम्भीर्यतालाई दर्शाउाछ । यसो भनेर उनले सही त भनेका छन् तर उनलाई नजिकबाट चिन्नेहरू भन्ने गर्दछन् – ‘यसो भनेर उनले प्रचण्डलाई खासै असर पार्न त सक्दैनन्, तर के सही हो भने अहिले उनी माओवादी केन्द्रभित्रका नयाा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’भन्दा माथि उठ्ने हैसियत राख्दैनन् ।’ तर आशा गरांै बादलले जुन राष्ट्रघातका प्रस्तावको चाङ प्रचण्डका अगाडि तेर्सिएका छन् भनेका छन्, प्रचण्डलाई रूपान्तरण गराएर क्रान्तिको पक्षमा ल्याउने उद्घोष गर्दै एमाओवादीमा प्रवेश गरेका उनीबाट प्रचण्डलाई कसरी त्यो चाङमाथि आनन्द मानेर सरकारमा रहनबाट बाहिर ल्याएर नेपाल र नेपाली जनताको पक्षमा उभ्याउन सक्ने छन् ? त्यो हेर्न केही समय पर्खनैपर्ने छ । यदि त्यसो नभएमा त्यसपछिको बादलको अवस्था माओवादी केन्द्र वा अन्य नेताले भनेझैं माओवादी कन्द्रेभित्रको प्रकाशको नयाा अवतार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here